काठमाडौं ।
काठमाडौं । विभिन्न देशहरुमा ह्याक गरेर जासुसी गर्दै आएको इरानका ह्याकरहरुलाई रसियाको ह्याकर ग्रुपले नै ह्याक गरिदिएको छ । हालै अमेरिका र बेलायतले संयुक्तरुपमा साइबर सेक्यूरिटीको बारेमा सार्वजनिक गरेको स्टेटमेन्टअनुसार इरानका ह्याकरहरुलाई सहयोग गर्दै आएको रसियन समूहले नै इरानको ह्याकर ग्रुपमाथि नै जासुसी गरेको हो ।
इरानको समूह जसको कोडनाम ओयलरिंग रहेको थियो त्यसको अपरेशनलाई रसियामा आधारित ह्याकर ग्रसप टर्लाले ह्याक गरेको बताईएको छ ।
रसियनहरुले इरानका ह्याकरहरुलाई अन्य देशहरुमा ह्याक गर्न गोप्यरुपमा सहयोग गर्दै आएका थिए ।
नेशनल साइबर सेक्यूरिटी सेन्टरले सन् २०१७ देखि गरेको अनुसन्धानअनुसार बेलायतका शैक्षिक संस्थाहरुमा भएको ह्याकमा दोहोरो डिल भएको देखिएको छ ।
इरानको टूल्स र कम्प्यूटर पूर्वाधार प्रयोग गरेर रसियन ग्रुप टुर्लाले बिगत १८ महिनामा विभिन्न २० देशहरुका संस्थाहरुमा ह्याक गरेका थिए ।
‘यसअघि जानकारीमा नै नआएको ह्याकिंग अभियान विशेषगरि मध्यपूर्वका देशहरुमा लक्षित रहेको थियो भने यसले बेलायतलाई पनि निशाना बनाएको थियो,’ ब्रिटिस सुरक्षा अधिकारीहरुले भने ।
अमेरिकी नेशनल सेक्यूरिटी एजेन्सी र बेलायतको नेशनल साइबर सेक्यूरिटी सेन्टरले संयुक्तरुपमा यो बारेमा सचेतना जागरुक गराउने र यस्तो आक्रमणहरुको बारेमा सर्तक रहनको लागि भनेका छन् ।
हालै सकिएको अनुसन्धानअनुसार रसियन समूह टुर्लाले इरानमा आधारित ह्याकर ग्रुपलाई लक्षित गरेको स्पष्ट देखिएको र त्यसपछि उनीहरुको टूल्स प्रयोग गरेर थप सिस्टमलाई प्रभावित पार्दै डाटाहरु संकलन गरेको छ ।
मध्यपूर्वका ३५ देशहरुमा आक्रमणको प्रयास भएको भएपनि २० वटा देशहरुमा भने सफलतापूर्वक प्रभावित पारिएको थियो । यो ह्याकिंगको उद्धेश्य गोप्य जानकारीहरु चोर्नु, र सरकारी तथा गैरसरकारी संस्थाहरुबाट डकुमेन्टहरु संकलन गर्नु थियो ।
इन्टेलिजेन्स एजेन्सीहरुका अनुसार टुर्लाले इरानीहरुको सूचना पनि चोरिरहेको छ तर साथसाथै इरानको माध्यमबाट आफूलाई लुकाएर आफ्नो अपरेशन पनि संचालन गरिरहेको छ ।
पिडितहरुले आफू इरानमा आधारित ग्रुपहरुबाट ह्याकमा परेको अनुमान गरेपछि त्यो अन्तमा रसियामा पुगेको छ ।
अनुसन्धानले इरानलाई रसियनहरुले आफूलाई प्रयोग गरिरहेको बारेमा जानकारी नरहेको बताईएको छ ।
यो निकै भिडभाडयुक्त र घनिभुत तरिकाले भएको छ, नेशनल साइबर सेक्यूरिटी सेन्टरका अपरेशन डाइरेक्टर पाउल सिशेस्टरले भने । उनकाअनुसार यस्तो परिस्कृत किसिमको आक्रमण अहिलेसम्म देखेका थिएनन् ।
पश्चिमा अधिकारीहरुले रसिया र इरानलाई साइबरस्पेसमा विश्वको सबैभन्दा खतरनाक चुनौतीहरुको रुपमा लिने गर्छन् साथै चीन र उत्तर कोरियालाई सरकारी सहयोगमा अन्य देशहरुमा ह्याक गर्ने गर्दछन् । एजेन्सी
प्रकाशित: ४ कार्तिक २०७६, सोमबार