एप्पलले आगामी वर्ष ४ नयाँ ५जी आइफोनहरु लन्च गर्नसक्ने

  • Technology Khabar | २ कार्तिक २०७६, शनिबार

काठमाडौं ।

काठमाडौं । एप्पलले आगामी वर्ष २०२० मा ५जी आइफोनहरु ल्याउने तयारी गरिरहँदा विभिन्न अनुमानहरु गर्न थालिएको छ ।

हालै बेडबुसका एप्पल बजार विश्लेषक डान इभ्सले आगामी वर्ष आउने आइफोनको बारेमा नयाँ जानकारीहरु सार्वजनिक गरेका छन् ।

वेडबुसले आउँदो वित्तीय वर्षमा एप्पलले १८ करोड ५० लाख आइफोनहरु बिक्री गर्न सक्ने अनुमान गरेको छ । एप्पलको नयाँ आइफोन लाइनअपमा राखिएको अल्ट्रा वाइड क्यामराले गर्दा फोनको लोकप्रियता बढेको र आइफोन ११ को मूल्य ५० डलर कम गर्दा पनि बिक्री बढेको विश्लेषकको भनाई छ ।

एप्पलले चौमासिक आम्दानी बिबरणहरु यहि अक्टोबर ३० मा सार्वजनिक गर्दछ त्यसबेला मात्रै नयाँ आइफोनको बजार प्रभावको बारेमा जानकारी हुनेछ । तर यसैबिच नयाँ आइफोनहरुको बारेमा पनि अनुमानहरु गर्न शुरु गरिएको छ ।

इभ्सले सन् २०२०मा आइफोनले चारवटा नयाँ फ्ल्यागशिप आइफोन मोडलहरु लन्च गर्ने बताएका छन् । प्रत्येक आइफोन मोडलहरुमा ५जी नेटवर्क सपोर्ट हुनेछ भने थ्रीडी सेन्सिंग सिस्टम तथा मोसन कन्ट्रोल राखिने छ ।

विश्लेषक इभ्सको यो अनुमान कत्तिको भरपर्दो छ भन्ने अझै हेर्न बाँकी रहेको छ किनकी अर्का विश्लेषक मिंग ची कुओले यसअघि मात्रै सन् २०२० मा एप्पलले ३ वटा आइफोनहरु मात्र लन्च गर्ने बताएका थिए जसमा सबै मोडलहरुमा ५जी सपोर्ट र ओएलईडि डिस्प्ले हुनेछ ।
सन् २०२० मा आउने आइफोनहरुमा नयाँ डिजाइन र नयाँ फीचरहरु हुने अनुमान छ ।

एप्पलले यसबाहेक आइफोन एसईको अपग्रेड भर्सन आइफोन एसई २ पनि लन्च गर्ने तयारी गरिरहेको रिपोर्टहरु आएका छन् ।

स्रोत

प्रकाशित: २ कार्तिक २०७६, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार