काठमाडौं ।
काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सले विश्वभर ब्रोडब्याण्ड इन्टरनेट सेवा दिनको लागि थप ३० हजार स्याटेलाइटहरु अन्तरिक्षमा राख्ने योजना गरेको छ ।
यसअघि नै १२ हजार स्टारलिंक ब्रोडब्याण्ड स्याटेलाइटहरु राख्ने यूएस फेडेरल कम्यूनिकेसन्स कमिसन(एफसिसि)बाट अनुमति पाएको सो कम्पनीले ती स्याटेलाइटहरु पृथ्विको लो अर्थ अर्विटमा राख्नेछ ।
हालै इन्टरनेशनल टेलिकम्यूनिकेसन यूनियनमा कम्पनीले दर्ता गरेको फाइलअनुसार थप ३० हजार अतिरिक्त स्टारलिंक स्याटेलाइटहरु राख्न चाहेको छ ।
हालै गरिएको अनुरोधको अनुमति दिनको लागि तोकिएको स्याटेलाइट लन्च गर्नुभन्दा पहिले करिब ७ वर्षसम्म लाग्नसक्ने बताईएको छ । तर यसमा स्टारलिंक स्याटेलाइटहरु स्पेसएक्सले कतिवटा निर्माण गर्दछ र लन्च गर्छ भन्ने स्पष्ट छैन् । यसबाहेक यसअघि नै अनुमति पाएको १२ हजार स्याटेलाइटहरु लन्च गर्ने काम स्पेसएक्सले रोक्नेछ भन्ने कुनै ग्यारेन्टी पनि छैन् ।
कम्पनीका फाउण्डर तथा सिईओ एलन मस्कले यसअघि नै १ हजार स्याटेलाइट लन्च र स्टल भएसँगै आर्थिक संभावना हुने बताएका थिए ।एजेन्सी
प्रकाशित: १ कार्तिक २०७६, शुक्रबार