काठमाडौं ।
काठमाडौं । एप्पलले नयाँ आइफोन सँगसँगै जारी गरेको आफ्नो पछिल्लो अपरेटिंग सिस्टम आईओएस १३ को प्रयोगकर्ताहरु बढिरहेको देखिएको छ ।
हालै एप्पलले सार्वजनिक गरेको तथ्यांकअनुसार आइओएस १३ कम्पनीका सबै आइफोनहरुमा ५० प्रतिशतको पहुँच पुगेको छ । यो संख्या कम्पनीले आइओएस १३ सार्वजनिक गरेको केबल १ महिनाभित्रै पुगेको हो ।
गएका ४ वर्षदेखि आइफोनहरुको मोडल हेर्दा भने आइओएस राख्नेहरु ५५ प्रतिशत पुगेका छन भने आइओएस १२ प्रयोगकर्ताहरु भने ३८ प्रतिशत रहेका छन् । ४ वर्ष पुराना आइफोनमा आइओएस १२ भन्दा पुराना अपरेटिंग सिस्टम प्रयोगको अवस्था केबल ७ प्रतिशत मात्र रहेको छ ।
त्यसैगरि आइप्याड ओएसको प्रयोगकर्ताहरुको अवस्था भने सन्तोषजनक छैन् । केबल ३३ प्रतिशत आइप्याडमा मात्रै आइप्याड ओएस प्रयोग भएको छ जबकि ४ वर्षदेखिका आइप्याडहरुको ओएस प्रयोग भने ४१ प्रतिशत रहेको छ । नयाँ आइप्याडमा पनि ५१ प्रतिशतले अझै आइओएस १२ नै प्रयोग गरिरहेका छन् । आइप्याड ओएसको प्रयोग र वृद्धि कम हुनुमा यो ओएस नयाँ भएकोले गर्दा मानिसहरुले अझै स्विकार्न कठिन भएको हुनसक्ने देखिन्छ ।
प्रकाशित: १ कार्तिक २०७६, शुक्रबार