Technology Khabar ३० आश्विन २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । माइक्रोसफ्टको अधिनमा रहेको व्यवसायीक नेटवर्किंग प्लेटफर्म लिंक्डइनले ‘इभेन्टस’ नामक नयाँ फीचर सार्वजनिक गरेकोछ ।
सो फीचरअन्तरगत सदस्यहरुलाई लिंक्डइनको वेब तथा एपमा विभिन्न इभेन्टहरु बनाउन र सो इभेन्टमा सहभागी हुन अनुमति दिन्छ ।
लिंक्डइन इभेन्ट्स अक्टोबर १७ तारिखदेखि विश्वभर उपलब्ध भएको छ, शुरुवातमा यो अंग्रेजी बोलिने बजारहरुमा उपलब्ध हुनेछ भने त्यसपछि मात्र अन्य भाषाका देशहरुमा आउनेछ ।
यो फीचरले अनलाइन कुराकानी र अफलाइन इभेन्टहरुलाई सुरक्षित बनाउन सहयोग गर्नेछ ।
नयाँ फीचरका साथमा सदस्यहरुले समान उद्धेश्य र विचार भएका मानिसहरु तथा समूहका सदस्यहरुसँग कुराकानी र भेटघाट गर्न सक्नेछन् भने यसमा सहभागी हुने मानिसहरु नियन्त्रण गर्न सक्ने सुविधा रहेको छ ।
लिंक्डइन इभेन्टस भारतको बेंगलुरुस्थित कम्पनीको अनुसन्धान तथा विकास केन्द्रको पहिलो प्रडक्ट हो । सो केन्द्रले यसअघि सन् २०१७ मा एन्ड्रोयडको लागि लिंक्डइनको लाइट एप विकास गरेको थियो । एजेन्सी
प्रकाशित: ३० आश्विन २०७६, बिहीबार