Technology Khabar ३० आश्विन २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । भिडियो गेम फोर्टनाइटको ब्ल्याक होल टाइमको समाप्तिसँगै नयाँ च्याप्टर सार्वजनिक भएको छ । यसअघि फोर्टनाइटमा करिब दुई दिनसम्म ब्ल्याक होल मात्र देखिएको थियो जसले गर्दा गेमरहरुले अनेक अड्कल काटेका थिए ।
अब भने फोर्टनाइट नयाँ च्याप्टरसहित अनलाइनमा आएको छ ।
लोकप्रिय भिडियो गेम मंगलबारदेखि अनलाइन भएको हो । यसअघि सो गेम यूजरहरु आइतवारदेखि सबै म्याप हराएर ब्ल्याक होलभित्र राखिएपछि समस्यामा रहेका थिए । उनीहरुले डार्क स्क्रीन र ब्ल्याक होल घुमिरहँदा गेम खेल्न सकिरहेका थिएनन् ।
तर अहिले आएको फोर्टनाइटको नयाँ च्याप्टरमा पूर्णरुपमा नयाँ आइल्याण्ड फीचर राखिएको छ भने नयाँ हतियारहरु रहेका छन् ।
Drop into a New World ????
Fortnite Chapter 2 is available now.
Share your #FirstDrop! pic.twitter.com/azURjtP8Cs
— Fortnite (@FortniteGame) October 15, 2019
फोर्टनाइटको विकासकर्ता एपिक गेम्सले निरास जस्तै भएका आफ्ना प्रशंसक तथा गेमरहरुलाई नयाँ ट्रेलरका साथमा उत्साहित बनाएको छ ।
फोर्टनाइट गेम विश्वभर निकै खेलिने भिडियो गेमहरुमध्येमा पर्दछ । यो गेम ब्ल्याक होल भएर हराएको बेलामा पनि विश्वभर ट्विचमा मात्रै १ लाख मानिसहरुले लाइभ हेरेका थिए । यसका साथै लाखौं मानिसहरुले यूट्यूबमा समेत हेरेको अनुमान गरिएको छ ।
नयाँ च्याप्टरको बारेमा कयौं च्यानलहरुले लाइभ गरेका थिए ।
एपिक गेम्सको लागि फोर्टनाइट सबैभन्दा धेरै आम्दानीको स्रोतको रुपमा रहेको छ । यो गेम निशुल्क खेल्न सकिने भएपनि यसमा इन गेम करेन्सीमार्फत आम्दानी हुने गरेको छ । यसको भी बक्समार्फत गेमभित्र हतियारहरु र अन्य एसेसरिज किन्नको लागि प्रयोग हुन्छ ।
गत महिनामात्रै फोब्र्सले यसका एपिकका फाउण्डर तथा सिईओ टिम स्वेईनीलाई अमेरिकाका ४०० धनी व्यक्तिहरुको सूचीमा राखेको थियो । एजेन्सी
प्रकाशित: ३० आश्विन २०७६, बिहीबार