Technology Khabar २९ आश्विन २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । अमेरिकी मोटरसाइकल निर्माता कम्पनी हार्ले डेभिडसनले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको उत्पादन तथा बितरण बन्द गर्ने भएको छ । कम्पनीले सो इलेक्ट्रिक मोटरसाइकलको अन्तिम गुणस्तर परीक्षणमा समस्या पत्ता लागेको भन्दै हालका लागि उत्पादन तथा बितरण बन्द गर्ने निर्णय गरेको हो ।
मोटरसाइकल निर्माताले लाइभवायर नामक मोडलको नन स्ट्याण्डर्ड कन्डिसन परीक्षणको क्रममा भेटिएको जानकारी दिएको छ । यो मोटरसाइकल कम्पनीले डिलरहरुकोमा गत महिनादेखि नै ढुवानी गर्न शुरु गरेकोथियो । अब भने थप परीक्षण र विश्लेषणपछि मात्र डेलिभरी हुनेछ ।
कम्पनीले हाल यसको परीक्षणमा राम्रो सुधार भईरहेको बताएको छ तर इलेक्ट्रिक मोटरसाइकलको उत्पादन कहिलेदेखि पुन शुरु हुनेछ भन्ने जानकारी दिएको छैन् ।
हार्ले डेभिडसनले नयाँ पुस्ताका युवाहरु र अधिक वातावरण प्रति सजक राइडरहरुलाई आकर्षण गर्ने उद्धेश्यले इलेक्ट्रिक मोटरसाइकल ल्याएको हो । लाइभवायर नामक मोडलको मूल्य अमेरिकामा २९ हजार ७९९ अमेरिकी डलर तोकिएको छ जून बाइक गत जनवरीदेखि प्रिअर्डरका लागि उपलब्ध रहेको थियो । एजेन्सी
प्रकाशित: २९ आश्विन २०७६, बुधबार