Technology Khabar २८ आश्विन २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित एनआईबिएल सहभागिता फण्ड, नामक खुलामुखी योजनाका इकाईहरुको कारोवार सुरु भएको छ ।
बाँडफाँड भएको ३ महिना पश्चात खरिद बिक्री सुरु हुने ब्यवस्था अनुसार यसको कारोवार सुरु भएको हो ।
योजनाका इकाईहरु एनआईबिएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु बिराटनगर, बिरगञ्ज, लगनखेल, बुटवल, पोखरा तथा लालदरवार बाट र नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु बिर्तामोड, लालवन्दी, बीरगञ्ज, सिपाडोल, नारायणगढ, हेटौंडा, नेपालगंज, तुलसिपुर, सुर्खेत तथा धनगढीबाट समेत खरिद बिक्री गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित: २८ आश्विन २०७६, मंगलवार