किसानको उत्पादनमा उचित लाभ दिने उद्देश्यसहित ‘सामुहिक बजार’ अनलाइन संचालनमा

  • Technology Khabar | १४ आश्विन २०७६, मंगलवार

काठमाडौं ।

काठमाडौं । व्यवसायिक आपूर्ति श्रृंखलामा किसानहरूको सहभागिता अधिकतम गर्न र सामूहिक उत्पादन र बजारीकरणमा टेवा दिन जियोकृषि र पाथवे टेक्नोलोजीले हेफर इन्टरनेशनलको सहकार्यमा सूचना प्रणालीमा आधारित ‘सामुहिक बजार’ को अवधारणा लिएर आएको छ ।

किसानहरुलाई कृषिजन्य र पशु वस्तुहरूको बजार पाउन साथै उनीहरूको उत्पादनको सहि मूल्य पाउन गाह्रो छ भने अर्कोतिर व्यापारीहरुलाई छरिएर रहेका कृषिजन्य र पशु वस्तुहरू एकीकृत गरी बजारसम्म ल्याउन गाह्रो छ । सोही विषयलाई ध्यानमा राखेर सामुहिक बजार ल्याएको कम्पनीको भनाई छ ।

सामुहिक बजारको उद्देश्य सुरक्षित खाद्य उत्पादन प्रवद्र्धन गरी उचित बजारीकरणमा टेवा प्रदान गर्नु हो। अर्को उद्देश्य किसानको उत्पादकत्व बढाउन वैज्ञानिक रुपमा मान्य सुरक्षित खाद्य उत्पादनका टेक्नोलोजी प्रदान गरेर कृषकको कामलाई सरलीकृत र विस्तार गर्नु हो।

हाल नेपालीहरुको महान चाड बडादशैंको खसीबोकाको मागलाई लक्षित गरेर खसीबोका आपूर्ति गर्न सक्ने ५० वटा सहकारीहरुको सूची सामुहिक बजारमा राखिएको छ । देशभरिका खसी तथा मासु व्यवसायीहरुले आफुलाई पायक पर्ने स्थानका सहकारीहरुलाई सम्पर्क गर्न सक्ने बताईएको छ ।

आगामी दिनहरुमा थप अरु कृषि र पशुजन्य उत्पादनहरुलाई पनि सामुहिक बजारमा समावेश गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

कसरी हुन्छ काम

चित्रमा उल्लेख गरे अनुसार सामुहिक बजारको वेबसाइटमा कृषक समूहरसहकारीहरुले आफ्ना उत्पादन सूचीकृत गर्छन । सूचीकृत बिज्ञापन हेरी थोक बिक्रेता र व्यापारीले आफ्नो पाएक पर्ने सहकारीसंग सोझै सम्पर्क गर्दछन् र उपभोक्ताहरु माझ पुर्याउने काम गर्दछ ।

यसरी सबै सरोकारवालाहरूको संलग्नतामा कृषि सूचना सेवाहरूको पहुँच वृद्धि गर्दै कृषि क्षेत्रको दीगो विकास गर्नु पर्छ भन्ने मान्यतालाई सामुहिक बजारले आत्मसाथ गरेको छ ।

प्रकाशित: १४ आश्विन २०७६, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार