काठमाडौं ।
काठमाडौं । हिमालय एअरलाइन्सले हिमालको चुचुरोमा उड्दै गरे चीललाई अंकित गर्दै बनाइएको नयाँ कर्पोरेट ब्राण्ड लोगो सार्वजनिक गरेको छ ।
हिमालयको निर्देशिक सिद्धान्तः सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत अभ्यास तथा एसियाली क्षेत्रमा सञ्जाल विस्तारका लागि हिमालयले गरिरहेको प्रयासमा आधारित रहेर यो नयाँ ब्रान्ड पहिचान परिवर्तन गरिएको हो ।
रणनीतिक योजनासंगै एअरलाइन्सको नयाँ संस्थागत लोगो सार्वजनिक भएको हो । सन् २०१४ मा स्थापना भए देखि नै हिमालय एयरलाइन्सले व्यवसायको सबै पक्षहरुमा विशिष्ट हुन आफूलाई परिस्कृत गर्दै ल्याएको छ । एउटा जहाज र एउटा गन्तव्य स्थानबाट सुरु गरेको एअरलाइन्स्ले तीन बर्षको अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पा“चवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको कम्पनीले जानकारी दिएको छ ।
आबुधावी, दमाम र दोहालाई नेपालसँग जोड्दै एअरलाइन्सले मध्यपूर्वी मुलुकमा आफ्नो बलियो उपस्थिति जनाएको छ । केवल दुई महिना अगाडि, सन् २०१९ जुलाई २०, मा काठमाडौं–ढाका उडान सुरु गरेको यस एअरलाइन्स्ले यो रुटमा सेवा संचालनलाई अझ मजबुत बनाउने संकल्प गरेको छ ।
क्रमिक विकासको प्रक्रिया अन्तर्गत एअरलाइन्स्ले आफ्नो संस्थागत लोगोलाई परिवर्तन गर्दै नयाँ लोगो सार्वजनिक गरेको छ, जसले बल, सामञ्जस्यता र शान्तिलाई अंकित गर्दछ । हिमालय एअरलाइन्स् द्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाको नयाँ लोगो एअरलाइन्स्का प्रेसिडेन्ट झो एन्योङ र भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले सार्वजनिक गरे ।
‘पाँच बर्षको अन्तरालमा हामीले सुरक्षा र विश्वसनीयताको प्रतिष्ठा निर्माण गरेका छौं । ब्रान्डलाई नया“पन दिने सोच संस्थाको महत्वपूर्ण आन्तरिक परिवर्तनसँगै देखापरेको हो, जसले हामीलाई नयाँ लोगो निर्माण गर्ने बाटोतर्फ अग्रसर बनायो । सावधानीपूर्वक सोचपछि, हामीले उपयुक्त रणनीति अन्तर्गत नयाँ लोगो स्वीकार गर्ने निर्णय ग¥यौं,’ कम्पनीका उपाध्यक्ष श्रेष्ठले भने ।
‘नेपालमा मात्र नभई एसियामै नेतृत्व गर्ने एअरलाइन्स्को रुपमा स्थापित गराउन हामीले धेरै भन्दा धेरै प्रयासहरु नियमित रुपमा गर्दै आएका छौं । हाम्रो निरन्तर प्रयासको फलस्वरुप छिट्टै नै छिमेकी मुलुक ल्हासासहित चीनको बेइजिङ र अन्य प्रमुख शहरहरुमा हाम्रो सञ्जालमा जोडिने छौं । हिमालय एअरलाइन्स्को यो नया“पनले संस्थाको विस्तार र नयाँ उचाई हासिल गर्ने रणनीतिक बाटोलाई पहिल्याउनेछ,’ हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योङले भने ।
हिमालयको नयाँ लोगोको व्याख्या
हिमालय एअरलाइन्स्को नया“ लोगोले ‘हिमालय’ मा भएको तीनवटा अंगे्रजी अक्षर ‘ए’ को संयोजनले उड्दै गरेको चीललाई चित्रित गर्दछ । चील हिमालय श्रृंखलामा पाइने पंक्षी हो र यसलाई दृढता र साहसको प्रतिक मानिन्छ जसले हिमालय एअरलाइन्स्को धेरै उचाईमा उड्न सक्ने साखलाई संकेत गर्दछ । त्यस्तै, लोगोमा उल्लेख गरिएको हिमालले हिमालय एअरलाइन्स्को नाम र स्थान व्याख्या गर्दछ ।
त्यसैगरी, लोगोमा प्रयोग भएको निलो, सेतो र सुन्तला रंगहरुको संयोजनले ‘एकीकृत र मेलमिलाप’ को भावलाई प्रतिनिधित्व गर्दछ । निलो रंगले आकाशलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो भद्र, शिष्ट र विश्वसनीयता । सेतो रंगले हिउ“ले भरिएको पहाडलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो पवित्र, शान्ति र पारदर्शिता । त्यसैगरी सुन्तला रंगले जनता र उत्पादकत्वलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो शुभ, सक्रिय र प्रगति ।
यो संयोजनले हिमालय एअरलाइन्स्को संस्थागत मूल्यमान्यतालाई वास्तविक रुपमा प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: १२ आश्विन २०७६, आईतवार