
काठमाडौं ।
काठमाडौं । गूगलले अब नयाँ एन्ड्रोयड ओएस भर्सनमा आफ्नो यूट्यूब म्यूजिक एप राख्ने भएको छ । गूगल प्ले म्यूजिकको लागि यूट्यूब म्यूजिक सक्सेसररको रुपमा आएको थियो । यूट्यूब लाइब्रेरीलाई हाल निकै उत्कृष्ट बनाउने प्रयास समेत गरिएको छ ।
गूगलले अबदेखि सम्पूर्ण नयाँ डिभाइसहरुमा यूट्यूब म्यूजिक प्रि इन्स्टल गराउने घोषणा गरेको छ । एन्ड्रोयड १० र एन्ड्रोयड ९ अपरेटिंग सिस्टम भएका हरेक फोनहरुमा अब यूट्यूब म्यूजिक पहिले नै राखिएको हुनेछ ।
तर हाल गूगल प्ले म्यूजिक सब्सक्राईबरहरुले भने अहिले पनि गूगलको प्ले स्टोरबाट एप डाउनलोड गरेर सुन्न सक्नेछन् ।
तर गूगलको नयाँ कदमसँग भविश्यमा गूगलले प्ले म्यूजिकलाई भविश्यमा बन्द गर्नसक्ने संकेत दिएको विश्लेषकहरुको भनाई छ ।
प्रकाशित: १२ आश्विन २०७६, आईतवार