
काठमाडौं ।
काठमाडौं । मोबाइल व्यवसायमा विगत डेढ दशकदेखि सक्रिय युवा व्यवसायीहरुको नेतृत्वमा मास मोबाइल जोन संचालनमा आएको छ । आईतवारदेखि औपचारिकरुपमा शुभारम्भ हुने पाको न्यूरोडमा अवस्थित शोरुमले आफ्ना ग्राहकहरुका लागि हात खाली नजाने उपहार योजना सार्वजनिक छ ।
ब्राण्डेड मोबाइल फोनहरुको कारोबार गर्ने मास मोबाइल जोनले आफ्नो शोरुम उद्घाटनको अवसर पारेर प्रत्येक मोबाइल फोनको खरिदमा इन्स्योरेन्सको सुविधा निशुल्क दिने भएको छ ।
मास मोबाइल जोनको इन्स्योरेन्स पार्टनर मेरो सुरक्षाको साथमा कम्पनीले आफ्नो जोनबाट बिक्री गरिने हरेक मोबाइल फोनमा ५ प्रतिशतको इन्स्योरेन्स आफैंले गरिदिने भएको हो । यो सुविधा नेपालभरी मास मोबाइल जोनमा मात्र उपलब्ध रहेको छ ।
मास मोबाइल जोनमा मात्र उपलब्ध एक्सक्लूसिभ इस्न्योरेन्स अफर अन्तरगत किनेको कुनैपनि ब्राण्डका मोबाइल फोनहरु डिस्प्ले फुटेमा, हराएमा वा चोरी भएमा पुरै इन्स्योरेन्स सुविधा उपलब्ध हुनेछ ।
साथै कम्पनीले प्रत्येक खरिदकर्ताहरुलाई मोबाइल किनेपछि रु १,०० रुपैयाँ मूल्य बराबरको रिचार्ज कार्ड उपलब्ध गराउनेछ । त्यसैगरि कम्पनीले आफ्ना हरेक ग्राहकहरुलाई दशैंको अवधिभर फोन किन्दा प्रत्येक खरिदमा एउटा ५०० एमएलको कोकाकोला र पपकर्न निशुल्क दिनेछ।
यसबाहेक मास मोबाइल जोनले हरेक ग्राहकहरुलाई प्रत्येक स्मार्टफोनको खरिदमा टेम्पर ग्लास र ब्राण्डेड ईयरफोन सित्तैमा दिने भएको छ । कम्पनीले ओपो, भीभो, अनर र शाओमी ब्राण्डका स्मार्टफोनहरुमा विशेष छुट उपलब्ध गराउने छ । 
मास मोबाइल जोनमा भ्याटबिलसहित आधिकारीक मोबाइल फोनहरु मात्र बिक्री गर्ने तथा ग्राहकहरुलाई सम्पूर्ण सुविधाहरु उपलब्ध गराएको कम्पनीका निर्देशक मनोज मानन्धरले जानकारी दिए ।
‘बजारमा जताततै अवैध र ग्रेका मोबाइल फोनहरु ग्राहकहरुलाई झुक्याएर बेच्ने गरिएको गुनासो रहँदै आएको छ, तर हामी भ्याट बिल काटेर नै ग्यारेन्टीका साथ ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध गराउनेछौं,’ निर्देशक मानन्धरले जानकारी दिए ।
मास मोबाइल जोनबाट खरिद भएका मोबाइल फोनहरुमा कुनै समस्या आएमा त्यसको लागि सर्भिस सेन्टर समेत राखिएको छ ।
प्रकाशित: ११ आश्विन २०७६, शनिबार