
काठमाडौं ।
काठमाडौं । पेमेन्ट गेटवे इसेवा फोन पे प्रा. लि. र नेपाल इन्भेष्टमेन्ट बैंक बीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै नेपाल इन्भेष्टमेन्ट बैंकबाट इसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सकिनेछ ।
ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ तथा कुनै पनि शाखा मार्फत सहजै इसेवामा रकम लोड गर्न सक्नेछन् भने इसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सक्ने बताईएको छ ।
इसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइ जहाज तथा बसको टिकट, विद्यालय/क्याम्पसको शुल्क भुक्तानी, होटेल र रेष्टुरेण्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिनेछ ।
पछिल्लो समयमा इसेवाले क्युआर९त्तच्०कोड मार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गरिरहेको छ । हाल इसेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् भने क्युआर कोडमा इसेवाले आकर्षक क्यास ब्याक तथा छुटको व्यवस्था समेत गरेको छ ।
इसेवामा हाल ५५ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएको कम्पनीले जनाएको छ ।
प्रकाशित: ५ आश्विन २०७६, आईतवार