मेट ३० स्मार्टफोन २ करोड भन्दा बढि बेच्ने ह्वावेको दाबी, छैनन् गूगलका आधिकारीक एप्स

  • Technology Khabar | ५ आश्विन २०७६, आईतवार
मेट ३० स्मार्टफोन २ करोड भन्दा बढि बेच्ने ह्वावेको दाबी, छैनन् गूगलका आधिकारीक एप्स

काठमाडौं ।

काठमाडौं । ह्वावेले आफ्नो हाईएण्ड स्मार्टफोन मेट सिरिजका मेट ३० र मेट ३० प्रो गएको साता मात्रै रिलिज गर्यो । ह्वावेको निकै महंगो र प्रिमियम स्मार्टफोन मेट सिरिजमा गूगलका आधिकारीक एप्स र सर्भिस नराखिकन नै कम्पनीले फोन सार्वजनिक गरेसँगै निकै चर्चामा रहेकोछ ।

अमेरिकी प्रतिबन्धपछि कम्पनीले पहिलो स्मार्टफोन सार्वजनिक गरेको हो ।

चीनमा यो फोन गूगल एप्स बिना नै प्रयोगमा आएपनि अन्य बजारहरुमा के हुन्छ भन्ने अझै प्रश्न उब्जिएको छ । विशेषगरी यूरोपेली बजारमा गूगलको आधिकारीक एप्स बिना नै आएको मेट ३०सिरिजलाई बजारले कसरी लिन्छ भन्ने जिज्ञासा आएको छ ।

तर कम्पनीले भने नयाँ मोडलको लागि निकै ठूलो बिक्री टार्गेट लिएको छ । गूगलको प्ले स्टोर, गूगल म्याप्स र अन्य प्रयोगमा आउने एन्ड्रोयड एप्सको साटो ह्वावे मेट ३० सिरिजका प्रयोगकर्ताहरुले एपग्यालरी र एचएमएस सुईट(ह्वावे मोबाइल सर्भिसेस) मात्र प्रयोग गर्नुपर्ने हुन्छ ।

कम्पनीका सिईओ रिचार्ड यूले मेट ३० सिरिज लन्चपछिको पत्रकार सम्मेलनमा यो प्रतिबन्धले चीनभन्दा बाहिरको बिक्रीलाई मात्र असर पार्ने बताए । तर चीनमा भने यो फोनको बिक्री बढ्ने अपेक्षा गरिएको उनको भनाई थियो ।

ह्वावेले मेट ३० फोन २ करोड यूनिट बिक्री गर्ने सिईओ यूको विश्वास छ किनकी उनकाअनुसार यो अहिलेसम्मकै सबैभन्दा प्रतिस्पर्धी ५जी ह्याण्डसेट हो ।

अमेरिकी प्रतिबन्धपछि अन्य बजारमा ह्वावेको बिक्रीमा कमी आउने अपेक्षा गरिएको छ भने चीनमा कम्पनीले आफ्नो ब्राण्डलाई प्रबद्र्धन गरिरहेको छ ।

ह्वावे मेट ३० सिरिजका स्मार्टफोनहरु मेट ३० र मेट ३० प्रो अन्य बजारहरुमा कहिले आउँछन भन्ने केहि जानकारी कम्पनीले दिएको छैन् ।

माध्यम

प्रकाशित: ५ आश्विन २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार