
काठमाडौं ।
काठमाडौं । स्मार्टफोन मेकर कम्पनी मोटोरोलाले पहिलो पटक आफ्नो स्मार्ट टिभी लन्च गरेकोछ । कम्पनीले भारतीय बजारमा मोटोरोला ब्राण्डमा नयाँ टिभी ल्याएको हो ।
मोटोरोलाले ३२ इन्चदेखि ६५ इन्चको क्याटोगरीमा ७ वटा स्मार्ट टिभी लन्च गरेको हो ।यी नयाँ टिभीमा एचडिआर १० का साथमा डब्ली भिजन सपोर्ट उपलब्ध रहेको छ । स्मार्ट टिभीको डिस्प्लेमा आईपीएस प्यानलको प्रयोग गरिएको छ जुन १.०७ बिलियन कलर सर्पोट गर्दछ ।
कम्पनीले सबै टिभीमा मोटोरोला एम्हीसाउण्डएक्स बार जडान गरेको छ ।
यी टिभीहरुमा ग्राफिक्स प्रोसेसिंगका लागि माली ४५० जीपीयू राखिएको छ भने ३० वाटको फ्रन्ट फेसिंग स्पीकर राखिएको छ ।
एन्ड्रोयड पाईमा आधारित यो स्मार्ट टिभीमा २.२५ जीबी र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ । कम्पनीले स्मार्ट टिभीका साथमा वायरलेस एन्ड्रोयड गेमप्याड पनि लन्च गरेको छ ।
भारतीय बजारमा एचडी रेडी, फूलएचडी र अल्ट्रा एचडी क्याटोगरीमा स्मार्टफोनहरु ल्याएको हो ।
हाल भारतीय बजारमा मात्र उपलब्ध गराईएको यी टिभीहरुको बजार मूल्य भारु १३,९९९ देखि शुरु हुन्छ । यी सबै टिभी सेटहरु २९ सेप्टेम्बरदेखि मात्र बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ ।
प्रकाशित: ३० भाद्र २०७६, सोमबार