
काठमाडौं ।
काठमाडौं । एप्पलले सार्वजनिक गर्ने आईफोनमा कति जीबीको र्याम हुन्छ भन्ने सबैलाई चासोको विषय हुने गर्दछ । कम्पनीले आफ्नो डिभाइसको बारेमा सम्पूर्ण जानकारी दिने गरेपछि मेमोरीको बारेमा भने आधिकारीकरुपमा केहि भन्ने गरेको छैन् । त्यसैले पनि कति जीबी र्याम राखिएको छ भन्ने चासो हुने गरेको हो ।
तर हालै मोबाइल फोनहरुको कार्यक्षमता परीक्षण गर्ने बेन्चमार्क एन टू टूले तीनवटै नयाँ आईफोन ११ सिरिजको मेमोरीको बारेमा जानकारी शेयर गरेको छ ।
चीनको सामाजिक संजाल वेबोमा सार्वजनिक गरिएको आईफोन ११ सिरिजका तीनवटै फोनहरुमा ४ जीबीको र्याम रहेको देख्न सकिन्छ । सो रिपोर्टको स्क्रीनशटअनुसार आईफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सका बिचमा कुनै ठूलो फरक रहेको देखिँदैन् ।
यी तीनवटै आईफोनहरुमा एप्पले ए१३ बायोनिक चीपसेट प्रयोग गरेको छ । र अझ यी सबैमा ४ जीबी र्याम रहेको देखिन्छ । यसअघि आइफोनका तीनवटै सिरिजमा ६ जीबीको र्याम रहेको हल्ला आएको थियो ।
अझ यसलाई पुष्टि गर्नका लागि आइफोन ११ प्रो म्याक्सको सबैभन्दा उच्च तहको भर्सन ५१२ जीबी स्टोरेज कन्फिगरेसनको पनि टेस्ट गरिएको छ र त्यसमा पनि ४ जीबीको नै र्याम रहेको देखिएको छ ।

आईफोनको यो स्कोरहरुले नयाँ आइफोनहरुको स्तर मापन गर्दछ । र यसअघिका गत वर्ष लन्च भएका आइफोनहरुको तुलनामा नयाँ आइफोनहरुले करिब २८ प्रतिशतको उच्च स्कोर एन टू टू ७ मा गरेका छन् । एजेन्सी
प्रकाशित: २८ भाद्र २०७६, शनिबार