काठमाडौं ।
काठमाडौं । चीनमा रहेका डाटा सेन्टरहरुले गत वर्ष मात्रै ९९ मिलियन (९ करोड ९० लाख ) मेट्रिक टन कार्बन डाईअक्साइड उत्पन्न गरेको हालैको नयाँ रिपोर्टले सार्वजनिक गरेको छ । चीनमा भएका कुल डाटा सेन्टरहरुले मात्रै २ करोड १० लाख कारले सडकमा उत्पन्न गर्ने बराबरको प्रदुषण उत्पन्न गरेको बताईएको छ ।
डाटा सेन्टरहरुमा इलेक्ट्रोनिक इन्फर्मेसनहरु जस्तै ईमेल, फोटो तथा भिडियोहरु स्टोर गर्ने गरिन्छ र यो विश्वभर उपयोग हुने गर्दछ । डाटा सेन्टरहरुले विश्वभरको विद्युतमध्ये करिब ३ देखि ५ प्रतिशत विद्युत उपभोग गर्ने अनुमान गरिएको छ ।
चीनका डाटा सेन्टरहरु विश्वका सबैभन्दा ठूला डाटासेन्टरहरुमध्ये पर्दछन र गत वर्ष मात्र चीनको उर्जाको कुल २ प्रतिशत भन्दा केहि बढि उर्जा खपत गरेको हालै ग्रीनपिसले नर्थ चाईना इलेक्ट्रिक पावर यूनिभर्सिटीसँग मिलेर सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।
चीनले पछिल्लो वर्षमा अमेरिकालाई नविकरणीय उर्जामा पछाडि पारेको छ र ठूलो सोलार परियोजनाहरु संचालन गरिरहेको छ । चीनले सन् २०३० सम्ममा क्लिन इजर्नीलाई २० प्रतिशतमा पुर्याउने लक्ष लिएको छ, तर चीनका डाटा सेन्टरहरुले भने ती नविकरणीय उर्जा तथा स्वच्छ उर्जाहरु प्रयोग नगरेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टअनुसार अधिकांश डाटा सेन्टरहरुले कोईलामा आधारित उर्जाको प्रयोग गरिरहेको छन् ।
चीनका अधिकांश डाटा सेन्टरहरु पूर्वी तटिय क्षेत्रमा छन जहाँ बिजनेस हब रहेको छ र ती चीनको नविकरणीय उर्जा क्षमताहरु भन्दा निकै पर रहेका छन् । सर्वेक्षणअनुसार ४४ वटा डाटा सेन्टरहरुमध्ये केबल ५ वटा डाटा सेन्टरहरुले मात्र स्वच्छ उर्जा मिसाएर प्रयोग गरेको भेटिएको हो ।
चीनको डाटा सेन्टरलाई घरेलु कम्पनीहरु अलिबाबा र टेन्सेन्टको वर्चस्व रहेको छ भने एप्पलले पनि चीनको ग्वांगझाउ प्रान्तमा आफ्नो डाटा सेन्टर बनाउँदै छ ।
चीनको १ अर्ब ४० करोड जनसंख्याको मागलाई पूरा गर्न डाटा स्टोरेज गर्नुपर्ने कार्यमा वृद्धि भईरहेको छ । त्यसैले आगामी ५ वर्षको अवधिमा चीनको डाटा सेन्टरहरुले अहिलेको भन्दौ दुई तीहाई बढि उर्जा खपत गर्नेछन् । एजेन्सी
प्रकाशित: २७ भाद्र २०७६, शुक्रबार