
काठमाडौं ।
काठमाडौं । वेबसाइटमार्फत मनोरन्जनात्मक तथा सूचनामूलक जानकारीहरु प्रदान गर्ने इन्टरनेट बेस्ड कम्पनी नेटफिक्स विश्वव्यापी इन्टरनेट ट्राफिकको आधारमा दोस्रो स्थानमा झरेको छ ।
सम्पूर्ण वेबमा आधारित स्ट्रीमिंग सर्भिसेजहरुको तुलनामा कम्पनी दोस्रो स्थानमा भएको ग्लोबल इन्टरनेट फेनोमेना रिपोर्टमा उल्लेख छ ।
ब्याण्डविथ प्रयोगको आधारमा पहिलो स्थानमा निकै लामो समयसम्म रहँदै आएको नेटफिक्स डाउनस्ट्रीम भोल्यूमको आधारमा हाल १२.६ प्रतिशतमा सन् २०१९ को पहिलो अर्ध वार्षिकमा झरेको छ। पहिलो स्थानमा भने १२.८ प्रतिशत शेयरका साथमा अन्य एचटिटिपी मिडिया स्ट्रीमिंग रहेका छन् ।
रिपोर्ट सार्वजनिक गर्ने स्यान्डभाइसकाअनुसार विश्वभर वेबमा आधारित हुँदै स्ट्रीमिंग सर्भिसेजहरु दिन कन्टेन्ट धनीहरु, जसमा केबल कम्पनीहरु र ब्रोडकास्टरहरु पनि आएका साथै पाइरेसी सर्भिसहरुमा पनि वृद्धि हुँदै गएको छ ।
कम्पनीले उत्तर अमेरिका, यूरोप र मिडिल इस्टमा आइएसपी नेटवर्कहरुमा ४ देखि २५ प्रतिशत सब्सक्राइबरहरुमध्ये कम्तिमा एउटा अनधिकृत भिडियो एक सातामा स्ट्रीमिंग हुने भेटेको छ ।
अमेरिकी बजारमा हेर्दा नेटफ्लिक्सको शेयर सन् २०१९ को पहिलो ६ महिनामा १९.१ प्रतिशतबाट हाल १२.९ प्रतिशतमा झरेको छ । जसले गर्दा नेटफिक्लस इन्टरनेट ट्राफिकको आधारमा अमेरिकामा तेस्रो स्थानमा पुगेको छ ।
इन्टरनेट ट्राफिकको आधारमा विश्व बजारमा यूट्यूब चौथो स्थानमा छ ।
रिपोर्टअनुसार समग्रमा हेर्दा विश्वभर कुल डाउनस्ट्रीम भोल्यूममध्ये ६०.६ प्रतिशत भिडियोहरुले ओगटेको देखिन्छ, जुन २०१८ को तुलनामा २.९ प्रतिशतले बढि हो । त्यसैगरि वेब ट्राफिकमध्ये गेमिंगले ८ प्रतिशत इन्टरनेट ट्राफिक लिएको छ भने सोसियल मिडियाले ६.१ प्रतिशत तथा फाइल शेयरिंगले ४.२ प्रतिशत इन्टरनेट ट्राफिक लिएको छ ।
त्यसैगरि गूगल र यूट्यूबसहित त्यसका विभिन्न एप्सले समग्र इन्टरनेट ट्राफिकको १२ प्रतिशत हिस्सा ओगटेको छ । पाईरेटेड कन्टेन्ट डाउनलोड गर्ने फाइल सेयरिंग एप्लिकेसन बीट टोरेन्टले विश्वभर २७ प्रतिशत कुल अपस्ट्रीम भोल्यूम तथा यूरोप, मिडिल इस्ट र अफ्रिकामा मात्रै ४४ प्रतिशत हिस्सा एिको छ । फेसबुकको एप्सले एशिया प्रसान्त क्षेत्रमा १७ प्रतिशत डाउनस्ट्रीम इन्टरनेट ट्राफिक लिएको छ भने विश्वभर केबल ३ प्रतिशत हिस्सा मात्र रहेको छ । एजेन्सी
प्रकाशित: २७ भाद्र २०७६, शुक्रबार