काठमाडौं ।
काठमाडौं । ह्वावे टेक्नोलोजीजको डिभाइस बिजनेसले यो वर्षको पहिलो अर्ध वार्षिकमा ११ बिलियन यूआन अर्थात १.५५ बिलियन डलर बराबरको आम्दानी गरेको छ । कम्पनीले सन् २०१८ मा आम्दानी गरेको सम्पूर्ण रकम बराबर यो वर्षको पहिलो ६ महिनामा नै हासिल गरेको हालै नियमनकारी निकायमा दर्ता गरेको जानकारीमा उल्लेख छ ।
चिनियाँ टेक जायन्टलाई अमेरिकी सरकारले गएको मई महिनामा प्रतिबन्धित सूचीमा राखेको थियो जसले अमेरिकी कम्पोनेन्ट तथा प्रविधिसम्मको पहुँचमा रोक लगाएको छ ।
ह्वावेले गएको महिना मात्र प्रतिबन्धको असर अनुमान गरेको भन्दा निकै कम भएको र स्मार्टफोन यूनिटको आम्दानीमा केबल १० बिलियन डलरको मात्र कमी यो वर्ष हुने प्रक्षेपण गरेको थियो ।
दर्ता गरिएको जानकारीअनुसार कम्पनी आफ्नो वार्षिक नाफाको निकै नजिक रहेको छ भने ह्वावेको कन्जुमर बिजनेसबाट हुने आम्दानीको नाफामा योगदान पनि बढिरहेको देखिन्छ ।
ह्वावेले यसअघि स्मार्टफोनको बिक्री यो वर्षको पहिलो ६ महिनामा २४ प्रतिशतले वृद्धि हुँदै ११८ मिलियन यूनिट पुगेको थियो । यसको वृद्धिमा घरेलु मागमा आएको वृद्धि हो जहाँ चिनियाँ खरिदकर्ताहरुले राष्ट्रिय भावनाका कारण ह्वावेका डिभाइसहरु खरिद गरेका थिए ।
चीनमा गएको जुनको चौमासिकमा कम्पनीको बजार हिस्सा बढेर ३८ प्रतिशत पुगेको थियो ।
ह्वावेको नाफाको रकम कम्पनीको प्यारेन्ट ह्वावे इनभेस्टमेन्ट एण्ड होल्डिङ्ग कम्पनी लिमिटेडले जारी गर्न लागेको बोण्डको लागि दर्ता गरेको फाइलमा उल्लेख गरिएको छ । सो कम्पनीले बोण्ड बजारबाट करिब २० बिलियन यूआन उठाउने लक्ष्य लिएको छ ।
ह्वावे डिभाइस लिमिटेडले यो वर्षको पहिलो ६ महिनामा ११.२ बिलियन यूआन नाफा गरेको छ जबकी आम्दानी भने २११ बिलियन यूआन रहेको छ ।
सो फाईलअनुसार ह्वावेको मूख्य व्यवसायले भने सो अवधिमा ३०.२७ बिलियन यूआन नाफा कमाएको छ भने सो अवधिमा ३५३ विलियन यूआन आम्दानी गरेको छ । रोयटर्स
प्रकाशित: २७ भाद्र २०७६, शुक्रबार