मोजिल्ला फायरफक्सको भर्च्यूअल प्राइभेट नेटवर्कको परीक्षण हुँदै

  • Technology Khabar | २६ भाद्र २०७६, बिहीबार

काठमाडौं ।

काठमाडौं । इन्टरनेट ब्राउजर फायरफक्सको निर्माता मोजिल्लाले गत साता मात्र प्रयोगकर्ताहरुलाई ट्रयाक गर्ने थर्ड पार्टि ट्रयाकरहरुलाई बन्द गर्ने घोषणा गरेको थियो । अहिले कम्पनीले फेरी फायरफक्स यूजरलाई वेबमा अझ बढि प्राइभेसी दिनका लागि नयाँ प्रडक्ट सार्वजनिक गरेको छ ।

कम्पनीले फायरफक्स प्राइभेट नेटवर्क शुरु गरेको छ जसले सेक्योर, इन्क्रिप्टेड कनेक्सन सुविधा दिने बताएको छ । यसलाई फायरफक्स आफैंले बनाएको भच्र्यूअल प्राइभेट नेटवर्क हो ।

फायरफक्सको प्राइभेट नेटवर्क उपयोगी भएपनि यसमा केहि सिमितताहरु रहेका छन् । यो विशेषगरि ब्राउजरमा आधारि भीपिएन हो, त्यसैले तपाईँले फायरफक्स भन्दा बाहिर गएर इन्टरनेट प्रयोग गर्नुभयो भने त्यसले अन्य जानकारीहरुलाई भने लुकाउँदैन् ।

यदि तपाईँले थप इन्टरनेट ट्राफिकलाई सुरक्षित बनाउने हो भने डेडिकेटेड भीपिएन एप इन्स्टल गर्नुपर्ने हुन्छ ।

तर तपाईँ फायरफक्सको प्रयोगका साथमा पब्लिक वाईफाई प्रयोग गर्नुहुन्छ वा तपाईँ विज्ञापन ट्रयाकरहरुबाट बच्न चाहनुहुन्छ भने तपाईँले फायरफक्स प्राइभेट नेटवर्क प्रयोग गर्न उपयुक्त हुने मोजिल्लाको सुझाव छ । यसले इन्क्रिप्टेड कनेक्सन प्रदान गर्दछ ।

हाल परीक्षणको क्रममा रहेको यो फायरफक्स प्राइभेट नेटवर्क निशुल्क छ तर बीटा भर्सनमा मात्र छ । कम्पनीले आगामी दिनमा यसलाई सब्सक्रिप्सन चार्ज लिएर उपलब्ध गराउने बताएको छ । एजेन्सी

प्रकाशित: २६ भाद्र २०७६, बिहीबार

तपाइको प्रतिक्रिया