काठमाडौं ।
काठमाडौं । स्मार्टफोन मेकर कम्पनी भीभोले नयाँ सिरिजको स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । कम्पनीले अमेजन इण्डियासँग मिलेर नयाँ स्मार्टफोन लन्च गर्ने साझेदारी गरेको हो ।
भीभोले आफ्नो नयाँ यू सिरिज लाइनअपलाई भारतमा लन्च गर्ने छ र यो सिरिजको पहिलो स्मार्टफोन भीभो यू१० बजारमा छिटै आउने छ ।
अमेजन इण्डियाले यसको लागि एउटा छुट्टै ल्याण्डिंग पेज बनाएको छ जहाँ कम्पनीले नयाँ स्मार्टफोनको केहि फीचरहरु टीज गरेको छ ।
भीभोले यो फोनको सिरिजका लागि फास्ट चार्जिंग इन दि बक्स ट्यागलाइन राखेको छ । टीजरअनुसार स्मार्टफोनमा वाटरड्रप स्टाइल नोच छ भने यसको तल्लो भागमा मोटो बेजेल रहेको छ । यसबाहेक डिभाइसमा फास्ट चार्जिंग टेक्नोलोजी हुनेछ ।
फोनमा क्वालकम स्न्यापड्रागन चीपसेट राखिने छ ।
भीभोले भने यो बारेमा केहि औपचारिक जानकारी दिएको छैन् ।
भीभोले आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन भीभो भी१७ प्रो यहि सेप्टेम्बर २० मा भारतमा लन्च गर्ने तयारी गरेको छ जसमा ड्यूल पप अप फ्रन्ट क्यामरा हुनेछ भने ट्रिपल क्यामरा सेटअप रहनेछ ।
प्रकाशित: २६ भाद्र २०७६, बिहीबार