नबिल बैंक तथा ईक्यानद्धारा बैंकिङ्ग सुविधाको सहमति गरिएको घोषणा

  • Technology Khabar | २४ भाद्र २०७६, मंगलवार
नबिल बैंक तथा ईक्यानद्धारा बैंकिङ्ग सुविधाको सहमति गरिएको घोषणा

काठमाडौं ।

काठमाडौं । नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल बीच विशिष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौतामा मिति भदौ २२ गते एक विशेष समारोह बीच हस्ताक्षर भएको छ ।

यस सहमति पश्चात नबिल बैंकले ईक्यान र सोसँग आवद्घ सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ ।

सम्झौता अन्तर्गत बैंकले ईक्यान, सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्ने जानकारी दिईयो ।

सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सहमति मार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने नबिल बैंकको प्रतिवद्घता रहेको उल्लेख गरे ।

प्रकाशित: २४ भाद्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...