चिनियाँ स्मार्टफोन मेकर शाओमीले भारतमा १० करोड स्मार्टफोन बेच्यो, रेडमी सिरिज निकै महत्वपूर्ण

  • Technology Khabar | २१ भाद्र २०७६, शनिबार

काठमाडौं ।

काठमाडौं । पछिल्लो समयमा मोबाइल फोन मेकर कम्पनी शाओमीको लागि भारत निकै महत्वपूर्ण बजार रहँदै आएको छ । चिनियाँ फोन मेकर कम्पनी शाओमीले भारतीय बजारमा १०० मिलियन स्मार्टफोन बिक्री गरेको छ ।

कम्पनीले शुक्रबार आफूले भारतीय बजारमा मात्रै १० करोड स्मार्टफोन बिक्री गर्न सफल भएको घोषणा गरेको हो । कम्पनीले अनुसन्धान संस्था आईडिसीले सार्वजनिक गरेको तथ्यांकको आधारमा सो घोषणा गरेको हो ।

शाओमीले रेडमी ए र रेडमी नोट सिरिजका साथमा सन् २०१४ को चौथो क्वाटरदेखि सन् २०१९ को जुलाईको अवधिसम्म सो परिमाणमा स्मार्टफोन बेचेको हो । विगत ५ वर्षमा १० करोड यूनिट बेच्नुमा रेडमी सब ब्राण्डको महत्वपूर्ण हिस्सा रहेको छ ।

भारतीय बजारमा चिनियाँ ब्राण्ड शाओमी लगातार ८ चौमासिकमा नम्बर एकको स्थानमा रहन सफल भएको छ । जसमध्ये बजेट स्मार्टफोन सिरिज रेडमी र रेडमी नोट देशकै सबैभन्दा धेरै बिक्री हुने लाइनअपमा रहेको कम्पनीले जनाएको छ ।

भारत विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार हो जहाँ अधिकांश स्मार्टफोनहरु औसत २०० अमेरिकी डलरको हाराहारी मूल्यका बिक्री हुने गर्दछ । शाओमीले पनि यहि बजेट स्मार्टफोन बजारलाई ध्यानमा राखेर शुरुवाती दिनदेखि नै भारतमा स्मार्टफोन कारोबार गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने आफ्नो हार्डवेयर प्रडक्टमा ५ प्रतिशत भन्दा बढि नाफा कहिले पनि नगरिएको बताएको छ ।

https://twitter.com/XiaomiIndia/status/1169872994857914371?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1169872994857914371&ref_url=https%3A%2F%2Fwww.gsmarena.com%2Fxiaomi_100_million_sales_india_disable_ads_manually-news-39068.php

शाओमीका भाइस प्रेसिडेन्ट तथा शाओमी भारतका हेड मनु जैनले एमआई फ्यानहरुको सहयोगमा यो सफलता हात लागेको बताए ।

शाओमीको आफ्नो देशमा बढ्दो प्रतिस्पर्धा तथा बजार कमजोर भएको बेला भारतीय बजार पछिल्ला वर्षहरुमा निकै महत्वपूर्ण साबित भएको छ ।

शाओमीले सन् २०१९ को अन्त्यसम्ममा भारतमा १० हजार स्टोरहरु संचालन गर्ने घोषणा गरेको थियो भने हालसम्म २० हजार रोजगारी सिर्जना गरेको बताएको छ । एजेन्सी

प्रकाशित: २१ भाद्र २०७६, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार