एउटै फोन कल नछुट्ने नेपाल टेलिकमको ‘मिस्ड कल अलर्ट’ सेवा, ६ रुपैयाँ प्रति महिना शुल्कमा

  • Technology Khabar | १८ भाद्र २०७६, बुधबार
एउटै फोन कल नछुट्ने नेपाल टेलिकमको ‘मिस्ड कल अलर्ट’ सेवा, ६ रुपैयाँ प्रति महिना शुल्कमा

काठमाडौं ।

काठमाडौं । तपाई मोबाइल नेटवर्क नभएको स्थानमा जाँदै हुनुहुन्छ ? ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्विच अफ भएको अवस्था छ कि ? तपाईंको फोन व्यस्त हुँदा अरुले फोन गर्दा सम्पर्क हुन नसकेको अवस्था पो छ कि ? यी अवस्थामा जरुरी फोन आउनु पर्ने त थिएन ? त्यसो भएमा पनि तपाईंले चिन्ता लिनु पर्दैन् ।

नेपाल टेलिकमले यसका लागि मिस्ड कल अलर्ट (Missed Call Alert- MCA) सुविधा उपलब्ध गराइरहेको छ । यो सुविधाको प्रयोग गरेमा तपाईंले आफ्नो मोबाइलमा आएका सबै कलका जानकारी पाउन सक्ने कम्पनीले जनाएको छ।

नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा जीएसएम पोष्टपेड तथ प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ । यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, पछि ती आगमन कलका बारेमा सन्देश (एसएमएस) मार्फत जानकारी पाउन सकिन्छ । यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुने टेलिकमले उल्लेख गरेको छ ।

आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन सकिन्छ । कम्पनीले यो सेवा प्रति महिना जम्मा ६ रुपैँयामा उपलब्ध गराएको छ ।

यो सेवामा कुनै समस्या आएमा १४९८ मा डायल गरी समाधान गर्न सकिने वा टेलिकमको वेबसाइट https://www.ntc.net.np/pages/view/missed-call-alert-mca मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित: १८ भाद्र २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...