ह्वावेले पायो ५० भन्दा बढि फाइभजी व्यावसायीक सम्झौता, फाइभजीका लागि २ लाख मोडूल आपूर्ति

Technology Khabar १७ भाद्र २०७६, मंगलवार

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेले ५जी नेटवर्कका लागि विश्वभर २ लाख भन्दा बढि मोडूल आपूर्ति गरेको छ ।

कम्पनीले हालै चीनको चेङ्गदुमा आयोजित ह्वावे एशिया प्यासिफिक इनोभेसन डेमा ५जी प्रविधि र एप्लिकेसन, दीगो विकास, र प्रविधि, मानवियता र प्रकृतीलगायतका विषयहरुमा छलफल गर्दै सो जानकारी दिएको हो ।

ह्वावेका बोर्ड डाइरेक्टर तथा इन्स्टिच्यूट अफ स्ट्राटेजीक रिसर्चका प्रेसिडेन्ट विलियम जु

सो इभेन्टमा बोल्दै ह्वावेका बोर्ड डाइरेक्टर तथा इन्स्टिच्यूट अफ स्ट्राटेजीक रिसर्चका प्रेसिडेन्ट विलियम जुले भने, ‘५जी सहि समयमा आएको छ, अझ विशेषरुपमा भन्दा ५जीले फराकिलो दायरा समेट्नेछ, ठूलो ब्याण्डविथ, परम्परागत कनेक्सनको तुलनामा न्यून लेटेन्सी हुन्छ । यसले अन्य विभिन्न किसिमका एप्लिकेसनहरुका लागि पनि सहयोग गर्नेछ । ५जीको विकासक्रमसँगै, विभिन्न ५जीयुक्त एप्लिकेसनहरुले संसारमा परिवर्तन गर्नेछन् । सोहि समयमा ५जी, एआई, आईओटी र क्लाउडले दैनिक जिवन र प्रकृतीलाई परिवर्तन गर्नेछ, र अझ उत्कृष्ट स्थल बनाउनेछ ।’

विश्वभर ५जी नेटवर्कमा, २० देशका ३५ क्यारियरहरुले ५जी लन्च गरिसकेका छन भने अन्य ३३ वटा मुलुकहरुले ५जी स्पेक्ट्रम बितरण गरिरहेका छन् ।

यसै सन्दर्भमा ह्वावेले ५जीको व्यवसायीक सम्झौतामा विश्वभर २ लाख भन्दा बढि मोड्यूलहरु आपूर्ति गरेको जानकारी दिएको छ ।

‘ह्वावे सुरक्षित र थप अत्याधुनिक ५जी उत्पादनहरु तथा सोलुसनहरुका साथमा एप्लिकेसनसमेत प्रदान गर्न प्रतिबद्ध छ, ह्वावेको विज्ञप्तिमा भनिएको छ । ह्वावेले एशिया प्यासिफिक क्षेत्रमा ५जी प्रविधिलाई तिब्रगतिमा जडान गर्न र ५जीको पूर्ण फाइदाहरु लिन क्यारियरहरुलाई सहयोग गर्न चाहेको बताएको छ ।

फाइभजी प्रविधिका साथमा नयाँ आविश्कारिक एप्लिकेसनहरु आउने ह्वावेले बताएको छ । जसमा ५जी प्लस भीआर, ५जी प्लस ८के भिडियो, ५जी प्लस ड्रोन, फाइभजी प्लस टेलिमेडिसिन र ५जी एम्बुलेन्सलगायत रहने ह्वावेले जनाएको छ ।

प्रकाशित: १७ भाद्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया