
काठमाडौं ।
काठमाडौं । फेसबुकले अब यूजरको पोस्टमा गरेको लाइक संख्यालाई हटाउने भएको छ । फेसबुकले हाल यूजरको फेसबुक पोस्ट वा स्टाटसमा कतिवटा लाइक आयो भनेर हेर्न सकिने र संख्या गन्न सकिने सुविधा रहेको छ ।
तर फेसबुकले आगामी दिनमा सो लाइक काउन्ट फीचर हटाउने भएको हो । यसअघि फेसबुकअन्तरगतकै इन्स्टाग्रामले लाइक काउन्ट फीचरलाई नदेखिने बनाएको थियो । त्यसबेला इन्टाग्रामले शेयर गरिएका फोटो र भिडियोहरुमा ध्यान केन्द्रित गराउन र लाइकको संख्या कति भन्ने ध्यान नदिनका लागि यस्तो गरिएको बताएको थियो ।
इन्टाग्रामको सो प्रयासको निकै सकारात्मक प्रभाव परेपछि अब भने फेसबुकले पनि लाइक काउन्ट गर्ने फीचर हटाउने भएको हो ।
रिभर्सन इन्जिनियरिंग विज्ञ जेन वंङ्गले दिएको जानकारीअनुसार फेसबुकको एन्ड्रोयड एपको सोर्स कोडमा केहि परिवर्तन गरिएको देखिएको छ ।
यसले यूजरहरुलाई कम लाइक आएको खण्डमा पनि हिनताबोध हुनबाट बचाउनसक्ने र त्यस्ता पोस्टहरु डिलिट गर्नबाट रोक्न सकिने विश्लेषण गरिएको छ ।
फेसबुकले लाइक हाइड फीचरको परिक्षण गरिरहेको सुनिश्चित गरेको छ तर यो अहिले यूजर्सका लागि भने उपलब्ध रहेको छैन्। यो फीचर आएपछि केबल पोस्ट गर्ने आधिकारीक व्यक्तिले मात्र कति लाइक आयो भनेर हेर्न सक्दछ भने अन्य व्यक्तिहरुले संयुक्त साथीहरु अर्थात म्यूचुअल फ्रेण्डस जसले सो पोस्ट लाइक गरेका छन् । तीनिहरुको मात्र नामहरु देख्नेछन् । एजेन्सी
प्रकाशित: १७ भाद्र २०७६, मंगलवार