
काठमाडौं ।
काठमाडौं । अमेरिकाले पोल्याण्डसँग ५जी नेटवर्क सेक्यूरिटीका लागि संयुक्त सम्झौता गरेको छ । अमेरिकी उपराष्ट्रपति माइकल पेन्सले सोमबार पोल्याण्डसँग सो सम्झौता गरेका हुन् ।
अमेरिकाले आफ्नो एलाएन्सका देशहरुसँग चिनियाँ टेलिकम कम्पनी ह्वावेलाई ५जी मोबाइल नेटवर्क रोलआउटबाट बाहिरै राख्न दबाब दिईरहेको सन्दर्भमा अमेरिकाले पोल्याण्डसँग सम्झौता गरेको हो ।
यो सम्झौतापछि पोल्याण्डले आफ्नो ५जी नेटवर्क बिस्तारमा चिनियाँ कम्पनी ह्वावेका उपकरणहरु तथा सेवाहरु प्रयोग गर्नेछैन् ।
अमेरिकाले ह्वावेलाई कालोसूचीमा राख्दै अमेरिकामा र अमेरिकी कम्पनीहरुसँग कारोबार गर्न रोक लगाएको छ । अमेरिकाले ह्वावेलाई चीन सरकारको लागि जासुसी गरेको आरोप लगाउँदै आएको छ भने ह्वावेले त्यसलाई अस्विकार गर्दै आएको छ । एजेन्सी
प्रकाशित: १६ भाद्र २०७६, सोमबार