ग्राहकसँग १२ हजार रुपैयाँ बढि नाफा लिईरहेको ओपो एफ११ प्रोको मूल्य घटायो कम्पनीले

  • Technology Khabar | १६ भाद्र २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । ओपो नेपालले पहिलो पटक आफ्नो एफ सिरिज र आर सिरिजको फ्ल्यागशिप मोडलमा मूल्य घटाएको छ । कम्पनीले घटाएको बजार मूल्य अझै छिमेकी भारतको बजारमा भन्दा करिब ४ हजार रुपैयाँ बढि तोकिएको छ ।

खुला बोर्डरले गर्दा भारत र नेपालमा हुने मोबाइल फोनको मूल्य अन्तरले ग्रे मार्केट बढेको मोबाइल कम्पनीहरुले बताईरहँदा ओपो नेपालले भने अझै नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने एफ सिरिजको फोनको मूल्य ४ हजार रुपैयाँ बढि तोकेको देखिन्छ ।

दशैँको शु-अवसरमा कम्पनीले ‘बडा दशैँ एसएमएस’ क्याम्पेनका साथै आफ्ना बेष्ट सेलिङ मोबाइल फोनहरु एफ११ सिरिज र आर१७ प्रोमा ‘प्राइस ड्रप’ अफरपनि सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत अब एफ११ प्रो (Oppo F11 Pro) को मूल्य रु.४१ हजार ९ सय ९०, एफ११ (Oppo F11)को रु. ३१ हजार ९ सय ९० र आर१७ प्रो (R17 Pro) रु. ५९ हजार ९ सय ९० निर्धारण गरिएको छ । पहिले यी मोबाइलको मूल्य क्रमशः रु. ४७ हजार ९ सय ९०, ३५ हजार ४ सय ९० र ७५ हजार ९ सय ९० रहेको थियो ।

नयाँ मूल्य सूची सेप्टेम्बर २ देखि नेपालभर लागु हुने कम्पनीले जानकारी दिएको छ ।

ओपो र भीभो सफ्टवेयर अपडेटमा निकै कमजोर, नोकियाका स्मार्टफोनमा सबैभन्दा छिटो अपडेट

नयाँ मूल्य सूचीअनुसार हेर्दा पनि अझै कम्पनीले नेपाली ग्राहकलाई धेरै बिक्री हुने मोडल एफ ११ प्रोमा करिब ४ हजार रुपैयाँ अधिक मार्जिन राखेको छ ।यो पनि हेर्नुस-

ओपो एफ११ प्रोको भारत र नेपालबिचको मूल्यमा १२ हजार रुपैयाँ फरक, ओपो नेपालले ग्राहक ठग्दै

प्रकाशित: १६ भाद्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार