टिसिएल ब्राण्डका मोबाइल फोनहरु औपचारिकरुपमा घोषणा हुने, फोल्डेबल डिस्प्ले पनि देखाईने

  • Technology Khabar | १६ भाद्र २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । अल्काटेल र ब्ल्याकबेरी स्मार्टफोनको लाइसेन्स होल्डरको रुपमा परिचित कम्पनी टिसिएल कम्यूनिकेसनले अब आफ्नै ब्राण्डमा नयाँ स्मार्टफोन ल्याउने भएको छ ।

कम्पनीले आफ्नो पोर्टफोलियो बिस्तार गर्दै टिसिएल ब्राण्डमा स्मार्टफोनहरु विश्व बजारका लागि ल्याउने घोषणा गर्ने भएको छ । कम्पनीले यहि सेप्टेम्बर ५ तारिखमा आईएफए २०१९ को अवसरमा सो घोषणा गर्न लागेको हो ।

टिसिएलले सो अवसरमा आफ्नो नयाँ फोल्डेबल डिस्प्ले कन्सेप्ट पनि सार्वजनिक गरेको छ, त्यसैगरि आफ्नो पहिलो वेयरेबर डिस्प्ले र १०० इन्चको सिनेम्याटिक भ्यूईंग एक्सपेरिएन्सलाई सनग्लासको आकारमा तयार गरेको डिभाइस पनि सार्वजनिक गर्नेछ ।

टिसिएलका ग्लोबल मार्केटिंग जीएम स्टेफन स्ट्रेटले कम्पनी विश्वको नेतृत्वदायी डिस्प्ले उत्पादक कम्पनी भएको बताए, उनले मोबाइल प्रडक्टहरुमा मल्टिमिडिया विशेषज्ञता सहितमा केन्द्रित हुने बताए ।

टिसिएलको सिस्टर कम्पनी सिएसओटीले टिसिएलका आउन लागेका फोनहरुको लागि डिस्प्ले तयार पार्नेछ । यसलाई कम्पनीले डच डिस्प्ले भनेको छ । डचको अर्थ दुईवटा शब्दहरु डट र नोचको संयोजन हो, जसको प्राविधिक अर्थ पन्च होल सलुसन हो ।

टिसिएलले ल्याउन लागेको फोल्डेबल कन्सेप्टमा अल न्यू बटरफ्लाई हिंग सिस्टम हुने बताएको छ । जून यसअघि नै एमडब्लूसी २०१९ मा घोषणा गरिएको ड्रागनहिंग टेक्नोलोजीको कम्लिमेन्ट हुनेछ । यसले गर्दा फोल्डेबल स्मार्टफोन खोल्ने तरीका फरक हुनेछ ।

तर पहिलो व्यवसायीक प्रडक्ट भने आगामी वर्ष मात्र सार्वजनिक हुनेछ, संभवत २०२० मा बार्सिलोनामा सार्वजनिक हुनेछ । एजेन्सी

प्रकाशित: १६ भाद्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार