काठमाडौं ।
काठमाडौं । अमेरिकी राष्ट्रपतिले ह्वावेसँग व्यवसाय गर्न अमेरिकी सप्लायरलाई अनुमति दिने बताएसँगै विभिन्न कम्पनीहरुले अनुमति माग गरेपनि हालसम्म कसैले अनुमति पाएका छैनन् ।
अमेरिकाको कमर्श डिपार्टमेन्टले चीनको ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडसँग व्यवसाय गर्नका लागि १३० वटा आवेदन प्राप्त गरेको छ ।
आवेदनमध्ये कुनैपनि कम्पनीलाई हालसम्म कालोसूचीमा रहेको कम्पनीसँग कारोबार गर्न अनुमति भने दिईएको छैन् |
अमेरिका र चीनबिचको व्यापार युद्धका कारण ह्वावेलाई उत्पादन बिक्री गर्ने लाइसेन्स जारी हुन नसकेको बताईएको छ । जसले गर्दाचीपमेकरहरु, सफ्टवेयर कम्पनीहरु र अन्य कम्पनीहरुलाई ह्वावेको सप्लाई चेनमा करोडौं डलरको बिक्री घाटा भएको रोयटर्सको रिपोर्टमा उल्लेख छ।
यसअघि सो आवेदनको बारेमा हालसम्म जानकारी आएको थिएन् ।
अमेरिकी कमर्श डिपार्टमेन्टका प्रवक्ताले एकिकृत प्रकृया, ह्वावेसँग सम्बन्धित लाइसेन्स अनुरोधको विषय र त्यसको गैर अमेरिकी सम्बन्ध बारे प्रकृया भईरहेको बताएका छन् ।
गत साता मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने ५५० बिलियन डलरको आयातमा ट्यारिफ वृद्धि गरेका थिए भने चीनले पनि अमेरिकाबाट चीनमा हुने ७५ बिलियन डलरको आयातमा ट्यारिफ बढाएको थियो ।
*हेडलाईन सम्पादन गरिएको
प्रकाशित: ११ भाद्र २०७६, बुधबार