Technology Khabar १० भाद्र २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा उपचारको क्रममा गएपछि नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ ।
उपचारका क्रममा सिंगापुर गएका प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
यसअघि प्रत्यक्ष बस्ने गरेको मन्त्रिपरिषद बैठक सोमबार पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत बसेको हो। मन्त्रिपरिषदका अन्य मन्त्रिहरुभने नेपालमा नै रहेका र सो भिडियो कन्फ्रेन्समा सहभागी रहेका थिए ।
सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले सिंगापुर जानुअघि नै मन्त्रिपरिषद बस्ने कार्यविधि संसोधन गर्दै भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने निर्णय गरेका थिए ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिएका थिए ।
प्रकाशित: १० भाद्र २०७६, मंगलवार