एनसीईसीद्धारा विराटनगरमा ग्राहक भेला सम्पन्न

Technology Khabar ६ भाद्र २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । नेपाल कन्स्ट्रक्शन एण्ड इन्जीयनिरिङ्ग कर्पोरेशन प्रा.लि. (एनसीईसी) नेपालका लागि विभिन्न निर्माण उपकरणको आधिकारीक वितरकको रुपमा रहेको छ । यसले बिक्रि वितरण गर्ने ब्राण्डहरु ATLAS COPCO, BUHLER, ELECTRO MECH, INDUSS/CHEEM BOILERS ले आफ्नो सर्भिस क्याप र ग्राहक भेला विहिबार विराटनगरको बिगहोटलमा सम्पन्नभएको छ ।

यस अवसरमा कम्पनीले आफ्नो ग्राहकहरुलाई आर्कषक सर्भिसमा लाग्ने बचत प्रदान गरेको छ । उक्त सर्भिस क्यापमा एनसीइसीले आफुले बिक्रिवितरण गरेका मेसिनको जाँच गर्नुका साथै मेसिनमा देखिने समस्याको बारेमा जानकारी गराईएको थियो ।

एनसीईसीको विगत ६३ वर्ष देखि नेपालमा विभिन्न निर्माण उपकरणहरुको आधिकारीक बिक्रेताको रुपमाकार्यरत रहेको सबैमाजानकारी नै छ । एनसीईसीले आफ्ना ग्राहकलाई सेवा सुविधादिने उद्देश्यका साथ सबै प्रदेशमा आफ्नो ब्रान्च स्थापना गर्दै गएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक सिद्धार्थ मणि राजभण्डारी र निर्देशक सिद्धान्त मणि राजभण्डारीले आफ्नो कम्पनीले बजारमा ल्याएको विभिन्न ब्राण्डको बारेमा जानकारी दिएका थिए । उक्त कम्पनीले बिक्रि गरेका कुनै पनि ब्राण्डमा सर्भिस ४८घण्टा भित्र उपलब्ध गराउने समेत बताए ।

सो कार्यक्रममा प्रदेश नं. १ बाट विभिन्न उद्योगमा कार्यरत कर्मचारी तथा व्यपारीहरुको उपस्थिती रहेको थियो । आगामी दिनमा एनसीईसी यसैगरी प्रदेश नं. २,३ र ५लाई केन्द्रविन्दु पर्ने गरी ग्राहक भेला विरगंज, हेटौडा र भैरहवामा उक्त कार्यक्रम राख्ने पनि जानकारी समेत गराईएकोे कम्पनीले जनाएको छ ।

प्रकाशित: ६ भाद्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया