ह्वावेले आफ्नै हार्मोनी अपरेटिंग सिस्टममा आधारित स्मार्टफोन यो वर्ष नल्याउने

  • Technology Khabar | ६ भाद्र २०७६, शुक्रबार
ह्वावेले आफ्नै हार्मोनी अपरेटिंग सिस्टममा आधारित स्मार्टफोन यो वर्ष नल्याउने
ह्वावेले नेपाली बजारमा ल्याएको वाई ९ प्राइम २०१९

काठमाडौं ।

काठमाडौं । ह्वावेले हालै सार्वजनिक गरेको नयाँ अपरेटिंग सिस्टम(ओएस) चर्चामा नै छ । तर कम्पनीले ल्याएको हार्मोनी ओएसमा आधारित स्मार्टफोन हाल नआउने पक्का भएको छ ।

ह्वावेले आधिकारीकरुपमा नै हार्मोनी ओएसमा आधारित स्मार्टफोन लन्च गर्ने कुनै योजना नभएको बताएको छ । ह्वावेका सिनियर भाइस प्रेसिडेन्ट भीनसेन्ट याङ्गले हालै न्यूयोर्कमा आयोजित प्रेस इभेन्टमा यो वर्ष हार्मोनी ओएसमा आधारित कुनैपनि स्मार्टफोन ल्याउने योजना नभएको बताएका हुन् ।

तर कम्पनीले सोहि ओएसमा आधारित भएर अन्य उत्पादनहरु भने ल्याउने तयारी गरेको जानकारी दिएका छन् । कम्पनीले हार्मोनी ओएसमा आधारित टेलिभिजन र स्मार्टवाच ल्याउँदैछ र ती प्रडक्टहरु २०१९ को अन्त्यतिर नै बजारमा आउनेछ ।

भीनसेन्टले कम्पनीले एक गुणस्तर एक ईकोसिस्टम कायम गर्न चाहेको जानकारी दिँदै अन्य फरक प्लेटफर्महरुमा फोनहरु ल्याउने कुनै विषय नभएको स्पष्ट पारे ।

ह्वावेले सार्वजनिक गरेको हार्मोनी ओएसले अमेरिका र चीनबिचको सम्बन्ध निकै खराब भएमा र अमेरिकाले ह्वावेलाई अमेरिकी उत्पादन तथा सेवाहरु किन्न पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा ब्याकअप संस्करणको रुपमा आउने छ ।

हाल ह्वावेलाई अमेरिकी उत्पादन तथा सामाग्रीहरु किन्नका लागि अमेरिकाले थप ९० दिनको समय दिएको छ ।

ह्वावेले आगामी दिनमा ल्याउन लागेको मेट ३० सिरिजको बारेमा पनि उनले जानकारी दिए र सो स्मार्टफोन एन्ड्रोयडमा आधारित हुनेछ ।

त्यसैगरि उनले हार्मोनी ओएसमा आधारित स्मार्टफोन कहिले लन्च हुन्छ भन्ने अहिले केहि भन्न नसकिने बताए ।

कम्पनीले अझैपनि गूगल एन्ड्रोयडमा गूगल म्याप, प्ले स्टोरलगायतको पहुँचमा रोक नलगाएसम्म एन्ड्रोयड नै प्रयोग गर्ने चाहना राखेको देखिन्छ ।एजेन्सी

प्रकाशित: ६ भाद्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...