Technology Khabar ६ भाद्र २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । फोल्डेबल स्मार्टफोनमा विश्वभर चर्चा भईरहँदा यसको सफलताको बारेमा पनि छलफल भईरहेको छ । हालसम्म सामसंग, ह्वावेले फोल्डेबल फोन सार्वजनिक गरेपनि त्यो उपभोक्ताका लागि अझै उपलब्ध हुन सकेको छैन् ।
तर कम्पनीहरुले भने फोल्डेबल फोनको विभिन्न प्रारुपहरुमा काम गर्न थालिसकेका छन् ।
केहि समयअघि मोटोरोलाले क्लामशेल डिजाइनमा फोल्डेबल फोनको डिजाइन देखाएको थियो भने हालै सामसंगले पनि सेकेण्ड जेनेरेशनको फोल्डेबल फोन डिजाइन माथिबाट फोल्ड गर्न सकिने किसिमको बनाउने प्रयास शुरु गरेको छ ।
हालै कोरियन कम्पनीले सो डिजाइनको पेटेन्टको लागि निवेदन दर्ता गरेको छ । सामसंगले बनाउने नयाँ पुस्ताको फोल्डेबल फोनमा ठूलो डिस्प्ले हुनेछ भने त्यसलाई तेस्रो तरिकाले विभिन्न स्थानमा फोल्ड गर्न सकिनेछ । तर यसमा बाहिरबाट भित्र मात्र फोल्ड गर्न सकिने संभावना हुने बताईएको छ ।
हाल पेटेन्ट दर्ता मात्र भएको हुँदा ती तस्विरहरुले सो डिभाइसमा काम भईरहेको छ वा छैन भन्ने जानकारी दिँदैन् । तर यो अनेकौं पेटेन्ट प्रोटोटाइपहरु विकासभईरहेका मध्ये एक हुनसक्नेछ । एजेन्सी
प्रकाशित: ६ भाद्र २०७६, शुक्रबार