काठमाडौं ।
काठमाडौं । सामसंगले आफ्नो आउँदो फ्ल्यागशिप स्मार्टफोनमा मूख्य अपग्रेड गर्ने योजना लिएको छ । कम्पनीले आफ्नो आउँदो नयाँ स्मार्टफोन ग्यालेक्सी एस ११ मा १०८ मेगापिक्सेलको सेन्सर राख्ने तयारी गरेको हो ।
सबैभन्दा पहिलो चिनियाँ स्मार्टफोन मेकर शाओमीले सो १०८ मेगापिक्सेलको क्यामरा आफ्नो स्मार्टफोनमा प्रयोग गर्नेछ त्यसपछि मात्र ग्यालेक्सी ११ मा आउने भएको हो ।
कोरियाली टेक कम्पनीले आफैले सो १०८ मेगापिक्सेलको क्यामरा सेन्सर बनाएको हो । जसलाई आईएसओसेल ब्राईट एचएमएक्स भनिएकोछ ।
कम्पनीले प्रिमियम स्मार्टफोनमा हाईएण्ड क्यामरा स्पेक राख्ने तयारी गरेको हो । त्यस्तै सो स्मार्टफोनमा १० एक्स अप्टिकल जूम फीचर समेत हुने बताईएको छ ।
यो इमेज सेन्सरका लागिमा पहिलो पटक स्मार्टफोनले १०० मेगापिक्सेल भन्दा माथिको क्यामरा सेन्सर राख्न थालेको हो । जसमा इमेज साइज १२,०३२x९०२४ पिक्सेल हुनेछ ।
तर यो स्मार्टफोन सामसंगले आगामी सन् २०२० को स्प्रींगमा मात्र ल्याउने छ । एजेन्सी
प्रकाशित: ३ भाद्र २०७६, मंगलवार