हुन्डाइको फेष्टिभ डिलाइट २०७६ योजना भदौ २ देखि शुरु

Technology Khabar २ भाद्र २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले हुन्डाई फेस्टिभल डिलाइट २०७६ योजना ग्राहकहरु माझ ल्याएको छ ।

यो योजनाको अवधि यहि भदौं २ गते देखि कात्तिक १६ गते २०७६ सम्म लागु हुनेछ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्य सहित ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

योजनाअन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क वीमा पाउनेछन् । साथै स्क्रयाच कार्ड मार्फत थप रु।१ लाख सम्मको नगद छुट, लक्की–ड्र मार्फत १० जोडीलाई ४ रात– ५ दिनको दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई सान्ट्रो एक थान र हुन्डाई भेन्यू एक थान जित्न सक्नेछन् ।

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि।ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रकाशित: २ भाद्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया