नाडा अटो शो भदौ १० देखि आयोजना हुँदै, ९५ वटा ब्राण्ड एकै स्थलमा सहभागी

  • Technology Khabar | २ भाद्र २०७६, सोमबार
नाडा अटो शो भदौ १० देखि आयोजना हुँदै, ९५ वटा ब्राण्ड एकै स्थलमा सहभागी

काठमाडौं ।

काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यही भदौ १० देखि ‘नाडा अटो शो २०१९’ आयोजना गर्ने भएको छ ।

नाडाले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै भदौ १० गतेदेखि १५ गतेसम्म भृकुटीमण्डपमा अटो शो गर्ने जानकारी दिएको हो ।
अटो शोमा १६० वटा स्टलहरु र ब्लकहरुमा ९५ वटा ब्राण्डका सवारी साधनहरुको प्रदर्शन र बिक्री वितरण गरिने छ ।

२३ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्राण्डका दुई पाङ्ग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पार्टपूर्जा एवम् ग्यारेज उपकरण तथा १३ वटा वित्तीय संस्थाहरुको स्टल रहने छ ।

नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले नाडा अटो शो सबै क्षेत्रको उत्सव भएकोले यसलाई सबैले महत्व दिएको बताए ।

नाडा अटो शोका संयोजक निराकर श्रेष्ठले यस वर्ष मेलामा आउने अवलोकनकर्ताहरु मध्य नजर गरी अस्थार्इ आकाशे पुलको निर्माण गरिने जानकारी दिए ।

७५ हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत प्रदर्शनीमा रहने बताईएको छ ।

ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडा जी पी एक्स जेन्टलमेन २०० सीसी क्षमताको मोटर साइकल टिकटको लक्की ड्र गरी एक जना अवलोकनकर्तालाई उपहार दिने व्यवस्था गरिएको जनाएको छ।

प्रकाशित: २ भाद्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...