माज्दाको पहिलो इलेक्ट्रिक कार परीक्षण क्रममा देखियो, सन् २०२० सम्ममा बजारमा आउने

Technology Khabar ३२ श्रावण २०७६, शनिबार

काठमाडौं ।

काठमाडौं । जापानी अटोमेकर कम्पनी माज्दाले आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरेको छ । कम्पनीको प्रोटोटाइप कारको पहिलो तस्विर नर्वेमा परीक्षणमा हुँदै गर्दा देखिएको छ ।

अटोमेकर माज्दा इलेक्ट्रिक भेहिकल बनाउने क्रममा निकै पछाडि रहेको छ । तर पनि कम्पनीले हालै इलेक्ट्रिक कारहरु लन्च गर्ने घोषणा गरेका थिए र सन् २०३० सम्ममा इलेक्ट्रिक कार र हाईब्रिड कारहरु बेच्ने योजना बताएका थिए । तर हाल कम्पनीले आफ्नो योजनालाई अझ अगाडि सारेर २०२० सम्ममा पहिलो इलेक्ट्रिक कार लन्च गर्ने लक्ष्य लिएको छ ।

माज्दाका अधिकारीहरुले इलेक्ट्रिक कार टेक्नोलोजी भन्दा पनि हाइड्रोजिन फ्यूल सेल टेक्नोलोजीको बारेमा अधिक कुरा गर्न रुचाउँछन् ।

माज्दाको परीक्षणमा रहेको सो कार संभवत माज्दा सिएक्स ५ एसयूभी भएको अनुमान गरिएको छ । यसको बडि क्यामओफ्ल्यागका साथमा छ ।

माध्यम

प्रकाशित: ३२ श्रावण २०७६, शनिबार

तपाइको प्रतिक्रिया