Technology Khabar ३२ श्रावण २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । टिसिएलले सार्वजनिक गरेको पाम ब्राण्डको स्मार्टफोन अब छुट्टै फोनको रुपमा किन्न सकिनेछ । शुरुमा दोस्रो स्मार्टफोनको विकल्पको रुपमा सार्वजनिक भएको पाम फोन (Palm Phone)अब भने स्ट्याण्डअलोन अर्थात एक्लै प्रयोग गर्न सकिने फोनको रुपमा किन्न सकिन्छ ।
कम्पनीले हाल अमेरिकी बजारमा मात्र उपलब्ध गराएको सो स्टयाण्डअलोन पाम फोन गएको जुनदेखि अनलक्ड भर्सनमा पनि उपलब्ध भएको थियो ।
अब भने कम्पनीले सो फोन बजारमा खरिदका लागि उपलब्ध गराएको छ ।
हत्केलाभित्रै अटाउने निकै स्लीक र स्टायलिस डिजाइनको पाम फोनको मूल्य ३४९ अमेरिकी डलर तोकिएको छ । यो फोन टाइटानियम र गोल्ड कलर अप्सनमा उपलब्ध हुनेछ तर ती सामाग्रीहरु फोन निर्माणमा भने प्रयोग भएका होईनन केलब नाम मात्र हुन् ।
पाम फोनमा ३.३ इन्चको स्क्रीन रहेको छ जसको रिजोल्यूशन ७२० पिक्सेल छ । स्न्यापड्रागन ४३५ चीपसेट रहेको सो फोनमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज छ जसलाई बढाउन सकिन्छ । फोटोग्राफीका लागि भने सो पाम फोनमा १२ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।
यो फोन वाटरप्रुफ र डस्ट प्रुफ रहेको छ भने फेसिएल रिकोग्निसनका साथमा जीसेन्सर, प्रोक्सिमिटी, जाईरोलगायतका सेन्सर छन् ।
एन्ड्रोयड ओरियो ८.१ मा आधारित सो स्मार्टफोनमा ८०० एमएएचको ब्याट्री प्याक रहेको छ । एजेन्सी
प्रकाशित: ३२ श्रावण २०७६, शनिबार