यसरी स्मार्टफोनबाट एप्सलाई एसडी कार्डमा सार्नुस्, स्टोरेज कमी र ह्यांग हुने समस्याबाट मुक्ति पाउनुस्

  • Technology Khabar | २५ श्रावण २०७६, शनिबार
यसरी स्मार्टफोनबाट एप्सलाई एसडी कार्डमा सार्नुस्, स्टोरेज कमी र ह्यांग हुने समस्याबाट मुक्ति पाउनुस्

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताहरुका लागि सँधै चिन्ताको विषय त्यसको आन्तरिक स्टोरेज क्षमताको बारेमा हुने गर्दछ । अझ थोरै स्टोरेज हुने प्रयोगकर्तालाई आफूले चाएका फोटो भिडियोहरुका साथै मनपरेका एप्स डाउनलोड गर्न नपाईने हो की भन्ने चिन्ता हुन्छ ।

मोबाइल फोनको बढ्दो प्रयोगसँगै विभिन्न ठूलो क्षमताका एप्स आएका छन जसलाई डाउनलोड गरेर स्टोर गर्न मोबाइल फोनमा पनि पर्याप्त स्टोरेज हुनुपर्दछ । कहिलेकाँही चाहिएका एप्स डाउनलोड गरेर प्रयोग गर्न नपाउँदा कसरी त्यसको समाधान गर्ने भन्ने तनाब हुन्छ ।

यसबाहेक मोबाइल एप्सले स्टोरेज भरिएसँगै प्रयोगकर्ताहरुको स्मार्टफोन पनि स्लो हुने गर्दछ जसले गर्दा चाहेअनुसारको काम गर्न सकिँदैन् ।
त्यसैले ती डकुमेन्ट, फोटो भिडियोसहित एप्सलाई स्मार्टफोनको एक्सटर्नल स्टोरेज राख्न सकिएमा तपाईँको स्मार्टफोनको स्टोरेज खालि हुन्छ र सजिलै अन्य एप्स डाउनलोड गर्न सकिन्छ ।

जसको मोबाइल फोनमा इन्टरनल स्टोरेज कम हुन्छ त्यसलाई खाली राख्न निकै कठिन हुने गर्दछ । त्यसैले सबैभन्दा उपयुक्त भनेको अधिकांश एप्सलाई एक्सटर्नल स्टोरेज अर्थात माईक्रो एसडी कार्डमा सार्ने ।

हामी यहाँ कसरी विभिन्न एन्ड्रोयड फोनका एप्सहरुलाई एक्सटर्नल स्टोरेजमा सार्न सकिन्छ भनेर जानकारी दिने प्रयासमा छौं ।

  • यसको लागि सबैभन्दा पहिलो फोनको सेटिंगमा जानुहोस् ।
  • त्यहाँ तपाईँले एप्स देख्नुहुनेछ, त्यसलाई ट्याप गर्नुहोस्, त्यसपछि तपाईँको डिस्प्लेमा ती एप्सहरुको लिस्ट आउँछ जसलाई तपाईँले डाउनलोड गर्नुभएको हुन्छ ।
  • त्यसपछि तपाईँ जून एपलाई एक्सटर्नल स्टोरेजमा लान चाहनुहुन्छ त्यसमा क्लिक गर्नुहोस् ।
  • उदाहरणको लागि तपाईँ लोकप्रिय भिडियो हेर्ने एप भीएलसी(VLC)लाई सार्न चाहनुहुन्छ, त्यसो भए सो एपमा क्लिक गर्नुहोस् । त्यसमा तपाईँलाई केहि अप्शनहरु देखापर्दछन् ।
  • अब तपाईँले सो अप्शनमध्ये मूभ टू एसडी कार्ड (Move to SD Card) भन्ने अप्शन तल्लो बाँया भागमा देखिन्छ । अब क्लिक गरेपछि मूभिंग लेखिएको आउँछ । जब एप मूभ हुन्छ त्यसपछि भने सो एपमा फेरी क्लिक गर्दा मूभ टू फोनको अप्शन बनेर आउँछ ।
  • यसैगरि तपाईँले डाउनलोड गरेका सबै एप्सलाई मोबाइल फोनबाट एक्सटर्नल स्टोरेज वा एसडी कार्डमा सार्न सक्नुहुन्छ ।

यसले गर्दा तपाईँको स्मार्टफोनको आन्तरिक स्टोरेज खालि हुन्छ र अर्को नयाँ एप्स डाउनलोड गर्न सक्नुहुन्छ । यसबाहेक तपाईँको फोन ह्यांग हुने वा स्लो हुने समस्या पनि हटेर जान्छ ।

ध्यानमा राख्नुस केहि एप्स भने सार्न सकिँदैन् । किनकी ती मोबाइलको सिस्टममा नै रहन्छन् र मोबाइल संचालनमा आवश्यक हुन्छन् ।

प्रकाशित: २५ श्रावण २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार