तपाईँको ईमेलमा आउने यी विषयका ईमेलहरु नखोल्नुस्, थाहा नै नपाई ह्याकरले ह्याक गर्लान

  • Technology Khabar | २५ श्रावण २०७६, शनिबार
तपाईँको ईमेलमा आउने यी विषयका ईमेलहरु नखोल्नुस्, थाहा नै नपाई ह्याकरले ह्याक गर्लान

काठमाडौं ।

काठमाडौं । आजभोली हरेक मानिस इन्टरनेटमा जोडिएका हुन्छन् । जति धेरै इन्टरनेटको प्रयोग बढछ त्यति नै साइबर अपराधको प्रभावमा आउने संभावना बढिरहन्छ । केहि समय पहिले साइबर सेक्यूरिटी फर्म बराक्यूडा नेटवक्र्सले ३.६ लाख ईमेलहरुमा अध्ययन गर्दा विभिन्न १२ यस्ता फेक ईमेल विषयहरु भेटिए जसबाट अधिकांश ईमेल यूजर्सलाई ईमेल आईरहन्छ ।

ईमेल सबैभन्दा कमजोर माध्यममध्ये एक हो जसमार्फत मानिसहरु अक्सर खतरनाक लिंक वा मालवेयरको शिकार हुन्छन् ।

अधिकांश समय यस्तो हुन्छ की जतिबेला हामी कुनै ईमेल आउँदा त्यसको सब्जेक्ट नै नहेरी सिधै खोल्ने गर्दछौं । तर त्यो ईमेलको बारेमा थाहा नै नपाई हामीले सो ईमेल खोल्दा ह्याकरहरुले हाम्रो ईमेलमा आक्रमण गर्न सजिलो हुन्छ ।

त्यसैले यहाँ हामी अध्ययनबाट पत्ता लागेका ती १२ किसिमका सब्जेक्ट लाइनहरुको बारेमा जानकारी दिनेछौं ।

१ रिक्वेस्ट
२ फलोअप
३ अर्जेन्ट/इम्पोर्टेन्ट
४ आर यू अभालेबल ? आर यू एट योर डेस्क
५ पेमेन्ट स्ट्याटस
६ हेलो
७ पर्चेज
८ इन्भ्वाईस ड्यू
९ री
१० डाईरेक्ट डिपोजिट
११ एक्सपेन्सेज
१२ पेरोल

हाम्रा ईमेलमा व्यक्तिगत जानकारीहरु अधिकांश हुने गर्दछ । जसमा बैंक एकाउन्टदेखि निजी र गोप्य जानकारी पनि हुने गर्दछ । त्यसैले यदि कसैले तपाईँलाई कसैले माथि उल्लेखित भएकासहित १२ सब्जेक्टसहितका ईमेल पठाएमा साबधान हुनुहोस् । किनकी ह्याकरले तपाईँको ईमेलबाट डाटा ह्याक गर्न सक्छ ।

प्रकाशित: २५ श्रावण २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार