
काठमाडौं ।
काठमाडौं । टेक कम्पनी एप्पलले साइबर सेक्यूरिटी रिसर्चरहरुका लागि १० लाख अमेरिकी डलरको अभियान घोषणा गरेको छ । कम्पनीले आईफोनहरुमा कुनै कमजोरी भेट्नेलाई दिने गरि १० लाख डलरको पुस्कार घोषणा गरेको हो, जून एप्पलले अहिलेसम्म गरेको सबैभन्दा ठूलो पुरस्कार घोषणा हो ।
सरकारी निकायहरुले मोबाइल डिभाइसमा अनधिकृत प्रवेश गर्ने गरेको चासो बढिरहेको समयमा आइफोन मेकर कम्पनीले ह्याकरहरुलाई रोक्नका लागि यस्तो पुरस्कार घोषणा गरेको हो ।
अन्य कम्पनीहरु भन्दा फरक एप्पलले यसअघि आमन्त्रित गरिएको अनुसन्धाकर्ताहरुलाई मात्र रिवार्ड दिने गर्दथ्यो जसले आईफोनहरु र क्लाउड ब्याकअपहरुमा कुनै कमजोरी भेट्ने गर्दथे ।
बिहिबार अमेरिकाको लस भेगासमा आयोजित ब्ल्याक ह्याट सेक्यूरिटी वार्षिक कन्फ्रेन्समा कम्पनीले सम्पूर्ण अनुसन्धाकर्ताहरुलाई खुला आमन्त्रण गरेको घोषणा गर्यो, जसमा म्याक सफ्टवेयर, र अन्य टार्गेटहरु छन भने विभिन्न किसिमका रिवार्डहरु अफर गरिएको छ जसलाई बग बाउन्टिज भनेर बुझिन्छ ।
एप्पलको १० लाख अमेरिकी डलर त्यसलाई मात्र दिईनेछ जसले फोन यूजर्सले केहि नगरिकन नै र सो टाढा रहेर नै आईफोन केर्नेलमा रिमोट एक्सेस बनाउन सक्दछ । यसअघि एप्पलको सबैभन्दा ठूलो बाउन्टि रिवार्ड २ लाख डलरको थियो जसमा सफवेयर अपडेटहरुमार्फत कमजोरीहरु समाधान गर्न सकिने मैत्री रिपोर्टहरु दिईने गर्दथ्यो तर अपराधीहरु वा गुप्तरीहरुलाई भने जानकारी दिन पाईँदैन थियो ।
सरकारी कन्ट्र्याक्टरहरु वा ब्रोकरहरुले डिभाइसलाई ह्याक गरेर जानकारीहरु लिनको लागि अधिकतम
२० लाख अमेरिकी डलरसम्म लिने गरेका छन् । तर जे भएता पनि एप्पलको रिवार्ड रकम पनि सोहि हाराहारीमा पुगेको छ ।
यसबाहेक एप्पलले अनुसन्धानकर्ताहरुलाई अर्को थप अफर पनि दिएको छ । जसमा मोडिफाईड आईफोन दिनेछ र त्यसमा केहि सेक्यूरिटी मेजर्सलाई निस्क्रिय गरिएको हुनेछ ।
यो योजनाको मूख्य उद्धेश्य भनेको आईफोनमा कुनैपनि सेक्यूरिटी कमजोरीहरुलाई हटाउनु हो भने सफ्टवेयर वा इन्स्टल गरिएका एप्पसमा भएका नदेखिएका कमजोरीहरुलाई हटाउनु हो । रोयटर्स
प्रकाशित: २४ श्रावण २०७६, शुक्रबार