
काठमाडौं ।
काठमाडौं । आजकाल इन्टरनेटको आवश्यकता करिब करिब हरेक समय हुन्छ । इन्टरनेटको उपयोग हामी यात्रागरिरहेको बेलादेखि कार्यालयको कामसम्म लगभग हरेक समय गर्ने गर्दछौं । अधिकांश समय हामी इन्टरनेटको प्रयोग आफ्नो स्मार्टफोनको मोबाइल डाटाबाट गर्ने गर्दछौं । तर कयौं पटक हामीलाई तिब्रगतिको इन्टरनेटको लागि वाईफाईको आवश्यकता पर्दछ ।
अहिले त होटल रेष्टुराँदेखि कार्याालयलगायतमा इन्टरनेटको उपलब्धता आवश्यक भईसकेको छ । घर आएका साथीहरु होस वा रेष्टुराँमा चिया पिउन आउने ग्राहक होस सबैभन्दा पहिले त्यसले वाईफाईको पासवर्ड नै माग्दछन ।
त्यस्तो बेलामा तपाईँले वाईफाईको पासवर्ड दिन तपाईँले असजिलो महसुस गर्नुहुन्छ । किनकी एक पटक पासवर्ड दिएपछि त्यसको अरु बेला दूरुपयोग हुने तपाईँलाई आशंका रहन्छ ।
यसबाट बच्नको लागि हामी तपाईँलाई तरीका बताउँछौं, जसबाट तपाईँले आफ्नो वाईफाईको पासवर्ड पनि शेयर गर्न सक्नुहुन्छ भने सो पासवर्ड अन्य मानिसलाई थाहा पनि हुँदैन् । यो तरिका भनेको क्यूआर कोडमार्फत हो ।
तपाईँले आफ्नो पासवर्डको साटो पासवर्डको क्यूआर कोड शेयर गर्नुहुन्छ । यसले गर्दा कनेक्ट हुने प्रकृया पनि तिब्र हुन्छ भने तपाईँको वाईफाईको पासवर्ड अन्य मानिसलाई थाहा पनि हुँदैन् । यसमा वाईफाई माग्ने मानिसले केलब क्यूआर कोड स्क्यान गरे पुग्दछ र सिधै वाईफाईमा कनेक्ट हुन्छ ।
यो तरीका आईओएस र एन्ड्रोयड दुबैमा उपयोगी हुन्छ ।
यस्तो सेवाको लागि केहि लोकप्रिय वेबसाइटहरु छन जहाँ क्यूआर कोड सिर्जना गर्न सकिन्छ । जसमा क्यूआरस्टफ डटकम (www.qrstuff.com), जिंग एपस्पट डटकम (zxing.appspot.com/generator ) रहेका छन् ।
एक पटक डाउनलोड गरेपछि तपाईँले यसको सफ्ट कपी राख्न सक्नुहुन्छ वा क्यूआर कोडको प्रिन्ट लिन सक्नुहुन्छ । यसलाई कसैले पनि स्क्यान गरेर वाईफाई कनेक्ट गर्न सक्दछ ।
आईओएस भएका आइफोन यूजर्सले सिधै क्यामरा एप खोलेर क्यूआर कोड स्क्यान गरेर ज्वाइनको अप्शन छनौट गरेर वाईफाई चलाउन सक्छन भने एन्ड्रोयड यूजर्सले पनि क्यामराको मद्धतबाट सोहि प्रकृया अनुसार गर्न सक्छन् ।
तर केहि एन्ड्रोयड स्मार्टफोनहरुमा यो सुविधा हुँदैन त्यसले त्यसको लागि तपाईँले गूगल प्ले स्टोरबाट क्यूआर कोड स्क्यानिंग एप डाउनलोड गर्न सक्दछन् ।
प्रकाशित: २१ श्रावण २०७६, मंगलवार