
काठमाडौं ।
काठमाडौं । भारतीय मोबाइल फोन निर्माता रिलायन्स रिटेलले जियो फोनको नयाँ भर्सन ल्याउने तयारी गरेको छ । कम्पनीले मिडिया टेकको चीपसेट प्रयोग गरेर पहिलो पटक जियो फोनमा फोरजी प्रविधि जोड्न लागेको छ भने यसले फीचर फोन नै सार्वजनिक गर्ने छ ।
मिडिया टेकका वायरलेस कम्यूनिकेसन बिजनेस यूनिटका जनरल म्यानेजर टिएल लीले सो प्रोजेक्ट चलिरहेको र भारतीय कम्पनीसँग काम गरिरहेको जानकारी दिएका छन उनले सो फीचर फोनमा काईओएस प्रयोग गरिने बताईएको छ ।
मिडियाटेकले यसअघि रिलायन्स रिटेलसँग मिलेर सस्तो मूल्यको एन्ड्रोयड गोमा आधारित फोरजी भीओएलटिई स्मार्टफोन लीफ ब्राण्डमा ल्याउन काम गरेको थियो । अब भने फोरजी फीचर फोन ल्याउने विषयमा सो छलफल मोडिएको बताईएको छ ।
भारतीय बजारमा अधिकांश प्रयोगकर्ताहरु फीचर फोनहरुबाट स्मार्टफोन तर्फ गईरहेको बेलामा स्मार्ट फीचर फोनहरु ल्याउनु उपयुक्त समय भएको रिपोर्टमा उल्लेख छ ।
‘हामी अफ्रिका तथा अन्य विकास हुँदै गरेका बजारहरु जहँँ फोरजी फीचर फोनहरु उपयुक्त हुन्छन त्यसमा समान धारणा बनाएर काम गरिरहेका छौं,’ जनरल म्यानेजर टिएल लीले भने ।
हाल जियोफोनका लागि क्वालकम र यूनिसोकले चीपसेटहरु उपलब्ध गराईरहेका छन् ।
भारतीय फीचर फोन सेगमेन्टमा जियोफोनको शेयार बढेर २८ प्रतिशत पुगेको छ । तर भारतीय फीचर फोन बजार निरन्तर घटिरहेको छ । तथ्यांकअनुसार यो वार्षिक रुपमा ३९ प्रतिशत रहेको छ ।
प्रकाशित: १९ श्रावण २०७६, आईतवार