काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका कर्मचारीहरुको आधिकारीक युनियनमा सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन भएको छ ।
दूरसंचार क्षेत्रको नियमनकारी निकाय दूरसंचार प्राधिकरणका कर्मचारीहरुले प्रज्ञा ढुङ्गानाको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिती चयन गरेका हुन् ।
प्राधिकरण कर्मचारी युनियनमा अध्यक्ष ढुङ्गानासहित उपाध्यक्षमा सुगन शाक्य, सचिवमा शिवलाल बसेल, कोषाध्यक्षमा शिवराज जैसी चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा विष्णु हरि फुयाँल, प्रतिक्षा पौडेल, र निरु कुमारी लेखक नयाँ कार्यसमितिमा चयन भएका छन् ।
नयाँ कार्यसमितिको घोषणा शुक्रबार एक कार्यक्रमका बिच गरिँदैछ ।
प्रकाशित: १७ श्रावण २०७६, शुक्रबार