
काठमाडौं ।
काठमाडौं । अमेरिकामा वित्तीय सेवा दिने फर्म क्यापिटल वानलाई निशाना बनाएर गरिएको ह्याकिङमा १० करोड ६० लाख मानिसको सूचना चोरी भएको कम्पनीले जानकारी दिएको छ । यो सूचना चोरी भएका व्यक्तिहरुमा अधिकांश अमेरिका र क्यानडाबासी छन् ।
सो घट्नामा कथित ह्याकर पेइज थम्प्सनलाई सोमबार गिरफ्तार गरिएको छ, जतिबेला उनी एक अनलाइन फोरममा डाटा ब्रिचबारे बताइरहेकी थिइन् ।
क्यापिटल वानकाअनुसार चोरी भएको डाटामा जसले कम्पनीको प्रडक्टका लागि आवेदन दिएका थिए तिनीहरुको नाम, ठेगाना, फोन नम्बर छन् । तर ह्याकर क्रेडिट कार्ड नम्बरसम्म पुग्न नपाएको कम्पनीले बताएको छ ।
यो डाटा चोरीलाई संभवत बैंकिङ इतिहासकै सबैभन्दा ठूलो मानिएको छ ।
क्यापिटल वान अमेरिकाको सबैभन्दा ठुलो क्रेडिट कार्ड जारी गर्ने कम्पनी हो भने यसले रिटेल बैंक पनि संचालन गर्दछ ।
फर्मले सोमबार विज्ञप्ति जारी गर्दै यो घटनाबाट अमेरिकाका १० करोड र क्यानडाका ६० लाख मानिस प्रभावित भएको बताएको छ ।
अमेरिकामा करिव १ लाख ४० हजार सोसल सेक्युरिटी नम्बर र ८० हजार सम्बन्धित बैंक एकाउन्टको डाटाहरु चोरी भएको छ ।
क्यानडामा भने क्यापिटल वानको क्रेडिट कार्ड उपभोक्तासँग सम्बन्धित करिव १० लाख सामाजिक बीमा नम्बरको सूचना ब्रिच गरिएको छ ।
दोषी पाईएमा ह्याकर थम्प्सनलाई ५ वर्षको जेल तथा २ लाख ५० हजार डलर जरिवाना हुनसक्नेछ । बीबीसीबाट
प्रकाशित: १५ श्रावण २०७६, बुधबार