
काठमाडौं ।
काठमाडौं । मोबाइल फोनमा अनलाइन गेम पबजी खेलिरहेको बेला भारतमा एक युवकको मृत्यु भएको छ । भारतको जम्मू कश्मीरको श्रीनगर जिल्लामा मोबाइलमा पबजी खेलिरहेको बेला एक १९ वर्षिय युवकको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार कानिपोरा इलाकाका १९ वर्षिय युवक असीम बशीर आफ्नो साथीको घरमा राती गेम खेलिरहेको बेला बेहोस भएर मृत्यु भएको हो ।
बिहान उनको साथीको परिवारले बिहानी खाजाको लागि उनलाई बोलाउन जाँदा उनी बेहोस भएको भेटिएका थिए । नजिकैको अस्पतालमा लग्दा ती युवकलाई डाक्टरले मृत घोषित गरेका थिए ।
सो घटनामा प्रहरीले अनुसन्धान शुरु गरेको बताईएको छ ।
रिपोर्टकाअनुसार पबजी खेल्न मस्त सो युवकले सो रात खाना पनि नखाएको र अबेरसम्म गेम खेलिरहेको बताईएको छ ।
पबजी खेल्दा मृत्यु भएको यो पहिलो पटक होईन् । भारतमा यस्ता घट्नाहरु बेला बखतमा भईनै रहेका छन् । यसअघि पनि मोबाइलमा पबजी खेलिरहेका एक १६ वर्षिय युवकको कार्डियक अरेस्टबाट मृत्यु भएको थियो ।
फक्वान कुरेशी नामक ती युवकका बाबुकाअनुसार सो युवक लगातार ६ घण्टादेखि पबजी गेम खेलिरहेको थियो र त्यहि बेला चिच्याउँदा बेहोश भएका थिए । अस्पतालमा डाक्टरहरुले उनलाई मृत घोषित गरेका थिए । एजेन्सी
प्रकाशित: १३ श्रावण २०७६, सोमबार