
काठमाडौं ।
काठमाडौं । अनलाइन गेम फोर्टनाइटको सबैभन्दा ठूलो प्रतिस्पर्धाको फाइनल यहि आइतवार हुने भएको छ । ईस्पोर्टमा भिडियो गेमको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको फोर्टनाइट वल्र्ड कप २०१९ को फाइनलमा १०० जना प्रतिस्पर्धी सहभागी हुँदैछन् ।
अमेरिकाको न्यूयोर्कमा रहेको एसे टेनिस स्टेडियममा आयोजना हुने सो फाइनलमा बिजेता हुनेले ३ मिलियन अमेरिकी डलरका साथमा बिजेताको ट्रफी समेत हात पार्नेछ ।
विश्वभरबाट १० साताको क्वालिफाईंग राउण्डबाट छानिएका १०० जनाले सो फाइनलमा सहभागी हुनेछ जसमा रहेको पुरस्कार राशी अहिलेसम्मकै सबैभन्दा ठूलो नगद राशी हो । यो प्रतियोगितामा कुल ३० मिलियन डलरको अवार्ड विभिन्न तहमा राखिएको छ ।
यसका प्रत्येक फाइनलमा सहभागी प्रतियोगीले कम्तीमा ५० हजार डलर घर लान पाउनेछन भने बिजेता बाहेक दोस्रो हुने र तेस्रोसहित चौथो हुने प्रतियोगीले पनि लाखौं डलर घर लानेछ ।
फोर्टनाइट वल्र्ड कपको अन्तिम तयारी सकिएको छ जहाँ एकल र संयुक्त क्याटोगरीमा प्रतियोगिता हुने गर्दछ । संयुक्त प्रतियोगिताको घोषणा शनिवार नै हुनेछ भने एकल प्रतियोगिता आइतवार आयोजना हुनेछ ।
यसको लागि तयार पारिएको स्टेजलाई दुई तहमा बनाईएको छ, जहाँ गोलाकारमा कम्यूटरहरु सेटअप गरिएको छ । हरेक प्लेयरलाई उनीहरुको घरको जस्तै सेटअप तयार पारिएको छ भने ती प्लेयरहरुले प्रयोग गर्ने माउस, कीबोर्ड र कन्ट्रोलर पनि उस्तै रहेको छ ।
सो प्रतियोगिता हेर्ने दशर्कहरुका लागि भने विशाल स्क्रीनहरु राखिएको बताईएको छ ।
चीनको टेनसेन्टद्धारा निर्माण गरिएको यो अनलाइन गेम विश्वभर लोकप्रिय रहेको छ । यसको लागि विश्वभरबाट उच्चतहका भिडियो गेम प्लेयरसहभागी भईरहेका छन् । यसमा टिनएजर प्लेयरहरु पनि सहभागी रहेका छन्, जसमध्ये अधिकांश १६ वर्षमुनिका युवाहरु रहेको बताईएको छ । जसमध्ये करिब ३० प्लेयरहरुमध्ये एक जना संभावित बिजेता हुने अनुमान छ ।
फोेर्टनाइटका विश्वभर २५ करोड यूजरहरु रहेका छन् । फोर्टनाइट निशुल्क खेल्न सकिने अनलाइन तथा मोबाइल गेम हो तर यसमा हुने इन गेम आइटमहरु भने अनलाइन किन्नुपर्ने हुन्छ, जसमार्फत कम्पनीले करोडौं डलर कमाउने गर्दछ ।
अनुसन्धानकर्ताहरुले यो वर्ष विश्वभर ईस्पोर्टका अडियन्सहरु वृद्धि हुँदै ४५ करोड भन्दा बढि हुने प्रक्षेपण गरेका छन् ।एजेन्सी
प्रकाशित: १२ श्रावण २०७६, आईतवार