स्कूले विद्यार्थी लक्षित ‘स्मार्टर’ एप सार्वजनिक, गणित र विज्ञान विषय मोबाइलबाटै पढन सकिने

  • Technology Khabar | ११ श्रावण २०७६, शनिबार
स्कूले विद्यार्थी लक्षित ‘स्मार्टर’ एप सार्वजनिक, गणित र विज्ञान विषय मोबाइलबाटै पढन सकिने

काठमाडौं ।

काठमाडौं । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ध्यानमा राखेर म्याक्स कनेक्टरले स्मार्टर नामक मोबाइल एप सार्वजनिक गरेको छ ।
कम्पनीले कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर स्मार्टर एप ल्याएको छ जसमा हाल गणित र विज्ञान विषयहरु अध्ययन गर्न सक्नेछन् ।

म्याक्स कनेक्टले शुक्रबार स्मार्टर मोबाइल एपको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीहरुले विद्यालयभन्दा बाहिर पनि मोबाइल वा ट्याबलेटमार्फत दुई विषयहरुमा अध्ययन गर्न सक्ने जानकारी दियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीत राघवले हाल दुईवटा विषयहरु मात्र समावेश भएपनि अन्य विषयहरु पनि थप गर्ने क्रममा रहेको बताए ।

‘म्याथ र साइन्स विश्वभर एकै प्रकृतीले पढाईने हुँदा पहिलो चरणमा यी दुई विषय राखिएको हो, आगामी दिनमा अन्य विषयहरु पनि थप गर्नेछौं,’ उनले भने ।

प्रमुख कार्यकारी अधिकृत राघवकाअनुसार सो स्मार्टर मोबाइल एप सरकारको सहयोगमा सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पनि उपलब्ध गराउने योजना लिईएको छ ।

म्याक्स कनेक्टले सो स्मार्टर एपको मूल्य प्रति विद्यार्थी वार्षिक १० हजार रुपैयाँ तोकेको छ भने अहिले ५० प्रतिशत छुटमा उपलब्ध गराएको जानकारी दिएको छ ।

अनलाइनमार्फत नै खरिदगर्न सकिने सुविधा रहेको सो एप विद्यालयमार्फत समेत उपलब्ध गराउन सकिने कम्पनीले जानकारी दिएको छ ।

यसअघि पनि कम्पनीले म्याक्स कनेक्ट इआरपी मोबाइल एपमार्फत नेपाल र भारतका ४ भन्दा बढि विद्यालयहरु र २ लाख बढि विद्यार्थीहरुलाई सेवा दिईरहेको जनाएको छ ।

हाल स्मार्टर एप गूगल प्ले स्टोरमा मात्र रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित: ११ श्रावण २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार