भारतले इलेक्ट्रिक भेहिकलमा लाग्दै आएको कर घटायो, इलेक्ट्रिक भेहिकल सेक्टरलाई प्रबर्द्धन गर्ने

  • Technology Khabar | ११ श्रावण २०७६, शनिबार
भारतले इलेक्ट्रिक भेहिकलमा लाग्दै आएको कर घटायो, इलेक्ट्रिक भेहिकल सेक्टरलाई प्रबर्द्धन गर्ने

काठमाडौं ।

काठमाडौं । छिमेकी मुलुक भारतले इलेक्ट्रिक भेहिकलमा लाग्ने कर घटाएको छ । भारतीय सरकारले शनिवारदेखि इलेक्ट्रिक भेहिकल र चार्जरहरुमा लाग्ने करलाई घटाउँदै थप वातावरणमैत्री कारहरुको प्रयोगलाई प्रबद्र्धन गर्ने उद्धेश्य लिएको छ ।

इलेक्ट्रिक भेहिकल र चार्जरहरुमा लाग्दै आएको १२ प्रतिशत र १८ प्रतिशतको गुड्स एण्ड सर्भिसेज ट्याक्स(जीएसटी)लाई भारतीय सरकारले घटाएर ५ प्रतिशतमा झारेको छ ।

नयाँ दिल्लीमा शनिवार भारतीय वित्त मन्त्री निर्मला सीतारमणको अध्यक्षतामा बसेको जीएसटी काउन्सिलको ३६ औं बैठकले इलेक्ट्रिक भेहिकलहरुमा लाग्ने ट्याक्सलाई कटौती गरेको हो । यसअघि पनि बजेटमार्फत इलेक्ट्रिक भेहिकल सेक्टरलाई प्रबद्र्धन गर्नको लागि भारत सरकारको तर्फबाट आयकर छुट र भन्सार दर घटाउने घोषणा गरिएको थियो ।

विश्वको तेस्रो ठूलो कार्बन उत्सर्जन गर्ने देशको रुपमा परिचित भारत विश्वको १४ औं ठूला प्रदुशित शहर भएको देशको रुपमा पनि चिनिन्छ । सरकारले सन् २०३० सम्ममा करिब ३० प्रतिशत प्यासेन्जर भेहिकलहरु इलेक्ट्रिक भेहिकल हुने लक्ष्य राखेको छ । हाल यो १ प्रतिशत भन्दा पनि कम छ । एजेन्सी

प्रकाशित: ११ श्रावण २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार